तोकिएको समयमा सबै विदेशी सैनिकले अफगानिस्तान छोड्नै पर्छः तालिबान

सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ । अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् […]