सर्लाही : सरकारले असार, देखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा ब्यापक नदी दोहन भइरहेको स्थानीयले आरोप लगाएका छन्। सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सैयौं टयाक्टर र टायरगाडा प्रयोगगरी ढुंगा,गिटी बालुवा उत्खनन भइरहेको छ। जिल्लाकै सबैभन्दा ठूलो बागमती नदीमा दोहन भइरहेको त्यहाँका स्थानीयको आरोप छ। बामगती