३ असोज, पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी …
७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रन्जुकुमारी झाले मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनेकी छन्, ‘मदिराको अवैध कारोबारको बिगबिगी यति बढ्यो की जिल्लामा अशान्ति फैलियो । यसमा म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ नागरिकता ऐन आए […]
वीरगञ्ज । सरकारले आलु र प्याजमा आत्मनिर्भर हुने भन्दै भन्सारमा लिइने राजस्व बढाएपछि अवैध आयात बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) असुल्ने नीति लिएपछि प्याजको वैध आयात ठप्प भएको व्यवसायीले बताएका छन् । आलुको आपूर्ति भने आन्तरिक उत्पादनले धानेको छ ।
आलु प्याज आयातमा सरकारले ९ प्रतिशत भन्सार महशुल र १ दशमलव ५ प्रतिशत अग्रिम आयकर पनि लिन्छ । वीरगञ्जमा आलु र प्याजका आयातकर्ताले मंगलवार पत्रकार सम्मेलन गरी सरकारी नीतिले प्याजको अवैध आयात बढाएको बताए । आलुको आपूर्ति स्वदेशी उत्पादनबाटै भइरहे पनि प्याज अवैध रूपमा भित्रिइरहेको व्यवसायी राजेशकुमार कलवारले दाबी गरे ।
भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ । वैध तरिकाले आयात गर्दा भन्सार, भ्याट र आयकर गरी २७ प्रतिशत जति पर्न जाने भएपछि अवैध आयात बढेको हो ।
भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ ।
अवैध आयातमा ढुवानीकर्ताले १० देखि १५ प्रतिशत खर्चमा भारतीय बजारबाट सीमावर्ती नेपालका बजारसम्म ढुवानी गरिदिने आयातकर्ता बताउँछन् । त्यसमाथि भारत सरकारले गत डिसेम्बरदेखि मार्चसम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि भन्सारबाट यसको आयात शून्य छ । भारतले मार्च ३१ पछि परिमाण तोकेर निर्यात प्रतिबन्ध हटाउने भएको छ । प्याजमा भ्याट नहटाएसम्म वैध आयात नहुने दाबी अर्का आयातकर्ता मुन्नाकुमार रायले गरे । सरकारकै नीतिका कारण सरकारी राजस्व मरिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
‘आत्मनिर्भर भइसकेको उत्पादनमा आयात नियन्त्रणको नीति ठीकै भए पनि आयातको भरमा आपूर्ति हुने वस्तुमा राजस्व बढाउँदा अनधिकृत आयात बढेको छ । यसले एकातिर सरकारको राजस्व गुमेको छ भने अर्कातिर वैध आयातमा लाग्ने व्यवसायी समस्यामा परेका छन्,’ उपाध्यक्ष राजपालले भने ।
प्याजको अधिकांश आपूर्ति आयातको भरमा चलेको छ । ४ लाख १ हजार टन वार्षिक खपत रहेकोमा १ लाख ६९ हजार टनमात्र उत्पादन हुने सरकारी आँकडा छ । अन्य परिमाण आयातको भरमा चलेको आयातकर्ता बताउँछन् । नेपालमा वर्षेनि करीब ३८ लाख टन आलु खपत हुनेमा ४ लाख टन अझै आयात हुने व्यवसायीहरू बताउँछन् । अहिले सीमावर्तीदेखि राजधानी काठमाडौंसम्म भारतबाट अवैध रूपमा भित्रिएको प्याज पुगिरहेको छ । नेपालका सीमावर्ती बजारमै प्याजको मूल्य भारतीय बजारको तुलनामा प्रतिकिलो १० रुपैयाँसम्म महँगो पर्ने व्यवसायी राकेशकुमार कलवार बताउँछन् ।
नेपालमा अवैध रूपमा भित्रिएको प्याज सीमावर्ती क्षेत्रबाट काठमाडौं, पोखरा, नारायणगढलगायत शहरमा पुर्याइने गरेको व्यवसायी बताउँछन् । अवैध कारोबारीले स्थानीय प्रहरी, प्रशासन र चुहावट नियन्त्रणका निकायलाई प्रभावमा पारेर यस्तो धन्धा चलाइहेको उनीहरूको दाबी छ ।
प्याजको अवैध आयात बढेको भेटिएपछि निगरानी बढाइएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत प्रेमप्रसाद देवकोटाले बताए । देवकोटाका अनुसार अनुसन्धान कार्यालयले फागुन २ गतेसम्मका यस्तो कारबाहीबाट २१ लाख २० हजार धरौटी र ७ लाख ६५ हजार रुपैयाँ भीसीटीएस जरीवाना तिराएको छ ।
अलिबाबा कम्पनीले ‘धवलागिरि केक’को नाममा नेपाली गाँजा अनलाइनमार्फत विक्रीवितरण गरिरहेको छ ।
काठमाडौं। सरकारले नीतिगत रूपमा गाँजामाथि प्रतिबन्ध लगाउँदा यसको अवैध कारोबार बढिरहेको सरकारी अध्ययनले देखाएको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले गाँजा वा गाँजाजन्य पदार्थको कारोबारलाई अवैध भनेको छ । तर, गाँजा व्यापारमा कानूनले लगाएको प्रतिबन्धको फलस्वरूप हरेक वर्ष यसको अवैध कारोबार बढिरहेको एक सरकारी अध्ययनले देखाएको हो ।
नीति तथा अनुसन्धान प्रतिष्ठानले अध्ययन गरी तयार पारेको प्रतिवेदनमा गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा प्रतिवर्ष अवैध कारोबारमा संलग्न व्यक्तिको संख्या बढेकाले प्रतिबन्धका कारण अवैध कारोबार बढेको देखाउने बताइएको छ । सरकारले गाँजामा शर्तसहित खुकुलो नीति लिनुपर्ने सुझावसमेत प्रतिवेदनमा छ ।
प्रतिवेदनअनुसार गाँजाप्रति उदारीकरणको नीतिले ल्याएको कानूनी परिवर्तनसँगै अवैध गाँजा बजारको सम्भावना बढ्दै जाने सम्भावना हुन्छ । गाँजाको मनोरञ्जनात्मक प्रयोगसमेत वैध गरेको क्यानडामा वैधभन्दा अवैध कारोबार ज्यादा भएको पाइएको छ । अवैध बजारमा पाइने गाँजा सस्तो हुने र त्यसमा टीएचसीको मात्रा धेरै हुने भएकाले ग्राहक अवैध बजारप्रति आकर्षित भएको हुन सक्ने अनुमान गरिएको छ ।
वैध बजारको सीमितता तथा झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि अवैध कारोबार बढेको अनुभव रहेको गाँजाखेती र व्यवसाय खुकुलो गरेका देशहरूको प्रतिवेदनमा उल्लेख छ । नेदरल्यान्ड्समा नेपालमा उत्पादित या नेपालबाट निर्यात हुने–गाँजा लोकप्रिय रहेको र अलिबाबा कम्पनीले ‘धवलागिरि केक’को नाममा नेपाली गाँजाको अनलाइन विक्रीवितरण गरिरहेको अध्ययनका क्रममा फेला परेको छ । ‘मनोरञ्जनात्मक प्रयोगका लागि गाँजालाई गैरअपराधीकरण गरिनासाथ स्वदेशी उत्पादनले प्रोत्साहन पाउने र अवैध कारोबार हुन सक्ने अन्तरदेशीय व्यापार कम हुने प्रक्षेपण सही होइन भन्ने उदाहरण हो,’ प्रतिवेदनमा भनिएको छ ।
नेपालमा गाँजाखेती र व्यवसाय अवैध छ, तर भारतसँगको खुला सिमानाका कारण नेपाल तेस्रो मुलुकसँग हुने गाँजा कारोबारको पुल (ट्रान्जिट) बनिरहेको गृह मन्त्रालयको प्रतिवेदनले देखाउने अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘अवैध कारोबार र ओसारपसारका लागि एउटा मात्र होइन, अनेकौं मार्ग र ढाँचाहरू सक्रिय रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘काठमाडौंको मुख्य पर्यटकीय स्थल ठमेलमा गाँजाको रेसाबाट बनेका वा गाँजाको रेसाको मिसावट गरी बनाइएका लुगा, जुत्ता, धागो, कलात्मक तथा सजावट सामग्रीको विक्री र निर्यात सामान्य रूपमै भइरहेको देख्न सकिन्छ ।’
गाँजा उत्पादन अवैध भएकाले यस्ता गाँजाजन्य सामग्रीलाई प्राय: हेम्प वा अल्लो वा प्राकृतिक रेसाको नामबाट विक्रीवितरण गर्ने गरिएको, नाम परिवर्तन गरेर गरिने कारोबार जोखिमपूर्ण हुने र यस्ता कारोबार अवैध हुने सम्भावना पनि त्यत्तिकै रहने डा. मनिता कुसी, डा. हरि शर्मा न्यौपाने, डा. मुकुन्दराज कट्टेल, अधिवक्ता हरिप्रसाद मैनाली, प्रा. राजेन्द्र ज्ञवाली, डा. प्रेरक रेग्मी र पुष्कर बस्यालले नीति तथा प्रतिष्ठानका लागि अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
ठमेलमा विक्रीमा राखिएका गाँजाजन्य सामग्रीमा लागू औषध कानूनले तोकेको मात्राभन्दा बढी गाँजाको प्रयोग त गरिएको छैन नि भन्ने जिज्ञासा राख्दा व्यापारीहरू अलमलमा परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘यो अलमल हाम्रो विद्यमान कानूनी अलमलको परिणाम हो जसलाई अवैध कारोबारका लागि दुरुपयोग गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानूनी अलमललाई कानूनी दायराभित्र रही व्यापार, व्यवसाय गर्नेहरूलाई हतोत्साही बनाउनका लागि पनि दुरुपयोग गर्न सकिन्छ । तसर्थ, सुस्पष्ट नीतिगत, कानूनी तथा प्रशासनिक व्यवस्था गर्न जरुरी छ ।’ त्यसो गर्न नसके गाँजाको वैधतापछि पनि नेपाल यो या त्यो रूपमा अवैध कारोबारको जोखिममा रहिरहने खतरा रहने बताइएको छ ।
२४ चैत, परासी । चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन् हुने क्रम बढ्न थालेको छ । हरेक दिन चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा उत्खनन् हुँदासमेत कारबाही हुन नसकेको भन्दै स्थानीहरुले विरोध जनाएका हुन् । कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन एक-अर्कालाई दोष लगाएर पन्छिँदा उत्खनन्को […]
जनकपुरधाम : धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो।कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी चारवटा मुद्दा दर्ता गरिएको र तीनवटा दर्ता प्रक्रियामा रहेको जानकारी दिए। अवैध काठ चोरी निकासीको आरोपमा
काठमाडौँ- तालिबानको शासनमा अफगानिस्तानमा अवैध लागूऔषधको कारोबार बढेको पाइएको छ । अफगानिस्तानको खामा प्रेसले मुलुकमा लागूऔषधको कारोबार बढेको जनाएको हो । गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन सम्हालेपछि तालिबानले मुलुकमा अवैध लागूऔषधको उत्पादन, प्रशोधन र तस्करीमाथि प्रतिबन्ध लगाएको थियो । यद्यपि लागूऔषधमाथि प्रतिबन्ध लगाउन तालिबानले गरेको व्यवस्थाको कार्यान्वयन भने नभएको खामा प्रेसले जनाएको छ । […]
पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि
नेपाल–भारत सीमा नाका सुनौलीबाट सवारीसाधनमा प्रयोग हुने पाटपुर्जा अवैध आयात दिनानुदिन बढ्दो छ । द्विदेशीय खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले रूपन्देहीस्थित सुनौली नाकालाई स्पेयर पार्टस अवैध आयात गर्ने थलो बनाएका हुन् । भन्सार विभाग र सुरक्षा निकायले आवश्यक कदम नचाल्दा राजस्व गुमिरहेको छ । गाडीमा लाग्ने पार्टसहरू अधिकारिक रूपमा भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्छ । तर, केही महिनायता पाटपूर्जा अवैध आयात ह्वात्तै बढेको स्थानीय व्यापारीहरूले जानकारी दिएक
कञ्चनपुर : महाकाली नदीमा नदीजन्य पदार्थको अवैध ओसारपसार ह्वात्तै बढेको छ।उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको अन्तरिम आदेशले रोयल्टी ठेक्का दिन नसकिएपछि अवैध ओसारपसार बढेको हो। अहिले महाकालीबाट दैनिक ग्राभेल, ढुंगा र गिट्टीको अवैध ओसारपसार बढेको छ।भीमदत्त नगरपालिकाले असोज १ गतेदेखि रोयल्टी ठेक्का दिने गरी सम्झौता प्रक्रियालाई अन्तिम अवस्थामा पुगेको थियो। महाकाली पुल आयोजनाको ठेकेदार कम्पनीका कुमार श्रेष्ठले अदालतमा रिट हालेपछि ठेक्का प्रक्रिया अनिश्चित हुन पुगेको छ।सम्झौता हुन नसकेप