हरेक वर्ष देशको पूँजीगत बजेटको ठूलो हिस्सा सार्वजनिक निर्माणमा खर्च हुने गर्छ । सरकारी लगानीको सार्वजनिक निर्माण मात्र नभई देशव्यापी रूपमा बढ्दो शहरीकरणमा आम नागरिकबाट पनि निर्माण कार्य दिनानुदिन बढिरहेको छ । यसलाई मध्यनजर गर्दा ढुंगा, गिट्टी, बालुवाको माग झन् बढ्ने देखिन्छ । तसर्थ यस्ता सामग्री उत्खननमा वैज्ञानिक व्यवस्थापनले उच्च प्राथमिकता पाउनु आवश्यक छ । […]