सर्लाही : असारदेखि भदौ ३ महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि लखन्देही खोलामा प्रहरीकै मिलेमतोमा फेरि नदी दोहन भैरहेको छ।सरकारी बन्देजको बेवास्ता गर्दै लालबन्दी र हरिवन नगरपालिकाको सिमाना भएर बग्ने लखन्देही खोलाबाट तस्कर र प्रहरीकै साँठगाँठमा नदीजन्य पदार्थको दोहन भैरहेको स्थानीयले बताएका छन्। दिउँसो केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको जस्तो देखिए पनि राति भने प्रहरीले तस्करसँग प्रति ट्याक्टर ५ सय रूपैयाँको दरले लिने गरेको एक ट्याक्टर व्यवसायीले नै बताए।पूर्व