काठमाडौं । खाद्य तथा तरकारी व्यवसाय गर्दै आएका व्यापारीले अहिले पनि सामान्य स्वास्थ्य मापदण्ड नै पूरा नगरी व्यापार गर्ने गरेको पाइएको छ । सरकारले व्यापार व्यवसाय गर्दा अनिवार्य रूपमा कोभिड–१९ संक्रमणलाई फैलिन नदिइने कोभिड–१९ सँग सम्बन्धित मापदण्ड अपनाएर मात्र व्यापार सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, व्यापारीले भने सरकारको निर्देशनलाई पालना गरेका छैनन् । …