काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको छ ।
उहाँले नै विसं २०७६ फागुन १० गते नै त्याे विधेयक सदनमा दर्ता गर्नुभएको थियो । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले दर्ता विधेयकको कपी चार दिनभित्र सांसदहरूलाई दिनुपर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
विधेयक दर्ता भएको दुई वर्ष पाँच महिना १६ दिन बितिसकेको उल्लेख गर्दै सांसद तामाङले ...