युवालाई हरियो पासपोर्ट होइन, गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाऔँ : सांसद तामाङ

काठमाण्डाै – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गर्नुभएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसद तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बनाउन दिनुपर्ने बताउनुभएको हो । यसका लागि संसदमा दर्ता भएको विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने तामाङको भनाइ छ ।  ‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन ग...