अस्पताल निर्माण गर्दा स्वास्थ्य केन्द्रको भवनमा क्षति

खोटाङ- निर्माण कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको भवन क्षतिग्रस्त भएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शैय्याको अस्पताल बनाउनका लागि घडेरी सखार्ने क्रममा स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा जग भत्किएर स्वास्थ्य केन्द्रको तीनकोठे भवन कामै नलाग्ने अवस्थामा […]

सम्बन्धित सामग्री

वेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए । ‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई ताकेता गर्‍यौं, साइट क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईओटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार दुई वर्षभित्रै निर्माण सक्नेगरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।   अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हट्ने बताइएको छ । नगरपालिकामा हालसम्म दुईओटा स्वास्थ्यचौकी, दुईओटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस

व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने

तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै  रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।  विसं २०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको

जग्गा प्राप्तिसँगै खुल्यो नगर अस्पतालको बाटो

बलेवा । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो । एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेतले अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ । उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, […]

स्थानीय तहमा धमाधम अस्पताल निर्माण सुरु

म्याग्दी-संघीय सरकारले हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेअनुरुप म्याग्दीमा धमाधम अस्पताल निर्माण सुरु भएको छ ।जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पाँच बेड, मंगला गाउँपालिका–५ अर्मनमा १० बेड र धवलागिरि गाउँपालिका–७ ताकममा पाँच बेड र रघुगंगामा १० बेड क्षमताको अस्पतालको योजना थियो । मालिका गाउँपालिकामा भने यसअघि नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ भने […]

सन्दकपुरमा अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुननपाएका सन्दकपुरवासी अस्पताल निर्माणपछि गाउँमै सेवा पाउनेभएपछि खुसी भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र समेत नभएको इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु भएको छ ।गाउँमै अस्पताल नहुँदा बिरामीहरुले सदरमुकाम धाउँनु पर्ने बाध्यताको अन्त्य […]

दोलखाको चिलंखामा अस्पताल निर्माण गरिँदै

दोलखा (अस) । दोलखाको बिगु गाउँपालिका–५ चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने भएको छ । हेल्थ नेपाल नामक गैरसरकारी संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरूको सहयोगमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र मातहत सञ्चालन हुने सामुदायिक केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनका लागि हेल्थ नेपाल मार्फत २१ कोठे भवन निर्माण हुनेछ । भवनको डिजाइन जर्मन इन्जिनियरहरूको टोलीले गर्ने भएको छ । करिब तीन करोड ८७ लाख रुपैयाँमा भवन निर्माण हुने प्रारम्भिक लागत अनुमान छ । चिलंखामा जन्मिएका छिरिङ शेर्पासँग विवाह गरेकी जर्मन नागरिक सोनिया, जर्मन डाक्टर क्लाउसको अग्रसरतामा अस्पतालका लागि आर्थिक सहयोग जुटेको केन्द्रका अध्यक्ष खड्काको भनाइ छ । अस्पताल भवन निर्माणका लागि करिब साढे ६ रोपनी जग्गा संस्थाको स्वामित्वमा आइसकेको छ । अस्पताल निर्माणका लागि प्राप्त जमिनमध्ये दुई रोपनी इको हिमाल नामक संस्थाले खरिद गरिदिएको छ । आधा रोपनी स्थानीय समाजसेवी जेनी खड्काले दान दिएकी छन् भने बाँकी जग्गा २९ जना दाताहरूबाट संकलित  रकमबाट खरिद गरिएको खड्काको भनाइ छ । यो अस्पताल निर्माणछि बिगु गाउँपालिकाको वडा नम्बर ५, ६, ७, र ८ का स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । हाल स्थानीय स्वास्थ्य चौकीमा उपचार पाउन नसकेका स्थानीयले सिँगटी बजारमा रहेको सिगटी अस्पताल वा सदरमुकाम चरिकोट उपचार गर्न आउनुपर्ने बाध्यता छ ।

सल्यानमा शिलान्यास गरिएका ८ ओटा अस्पताल निर्माणमा बेवास्ता

सल्यान २६, भदौं । सल्यानमा गत मसिंर १५ गते शिलान्यास गरिएका अस्पताल निर्माणको काम अझै शुरु हुन सकेको छैन । जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिनानै हतारमा अस्पताल भवनको शिलान्यास गरिए पनि अहिलेसम्म भवन निर्माणको काम शुरु हुन सकेको छैन ।  जिल्लाका दुई ओटा नगरपालिका र ६ ओटा गाउँपालिकामा अस्पताल निर्माणको लागि संघिय सरकारबाट बजेट प्राप्त भयो । तर पर्याप्त जग्गा नहुँदा नहुँदै पनि जिल्लाका ६ ओटा स्थानीय तहले हतार हतारमा भवन निर्माणको लागि शिलान्यास गरे । बाँकी दुइ ओटा स्थानीय तहले भने भवन निर्माणका लागि आवश्यक झण्डै ९ रोपनी जग्गा नभएको भन्दै शिलान्यास गर्न पाएनन् ।  २ वर्ष भित्रमा नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले शिलान्यास गरेका भवनको अहिलेसम्म निर्माण कार्य शुरु नहुँदा स्थानीय निरास बनेका छन् ।  संरचना बनाउनु अघि जग्गा व्यवस्थापन सहित डीपीआर लगायतका पूर्वतयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माणको काम शुरु हुन सकेको छैन ।   शिलान्यास गरिएको झण्डै १० महीना भएको छ । यो अवधिसम्म केही पालिकाले टेण्डर गरेर सम्झौता गरेका छन् भने केहीले टेण्डर प्रक्रिया नै शुरू गरेका छैनन् । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल पाँचदेखि १५ शय्या सम्मका हुन् ।  जिल्लाको बागचौर नगरपालिकामा निर्माण गर्ने भनिएको आधारभूत अस्पतालको लागि अहिलेसम्म जग्गा व्यवस्थापन हुन सकेको छैन । १५ शय्याको अस्पताल हुनु पर्नेमा १० शय्याको मात्रै भएकाले तत्कालिन अवस्थामा शिलान्यास हुन सकेन ।  तर अहिले जग्गा व्यवस्थान हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायतले बताए । उनले प्राथामिक स्वास्थ्य केन्द्र थारमारे भएको स्थानमा आवश्यक जग्गा नहुँदा समस्या भएको बताए ।  छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकी, कालिमाटी गाउँपालिकाको कालिमाटी रामपुर स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभूत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य केन्द्रमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य छ । यस्तै, बागचौर नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र थारमारे र सिद्धकुमाख गाउँपालिकाको कालालेख स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्ने लक्ष्य छ । शिलान्यास गरिएको देवस्थल स्वास्थ्यचौकीमा पर्याप्त जग्गा नभएपछि अर्को स्थान सल्लीवजार नजिकैँ जग्गा खरीद गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेब पोख्रेलले जानकारी दिए । उनले नगरसभा भएपछि टेण्डर लगाएतका कार्य अगाडी बढ्ने जानकारी दिए ।  दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले आधारभूत अस्पताल निर्माणको काम थालनी गर्ने तयारीमा रहेको बताए । स्थानीयले अस्पतालको लागि जग्गादान गरेपछि सहज भएको उनको भनाइ छ । उनले टेण्डर लगाएतका सबै काम सम्पन्न भएको र बर्षात कम भएपछि कामको थालनी गरिने जानकारी दिए । जिल्लाका ८ ओटा आधारभूत अस्पताल निर्माणका लागि जम्मा नौ करोड ७८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

व्यासमा अस्पताल बन्ने भए पछि खुसीयालीमा स्थानीयद्वारा दीप प्रज्ज्वलन

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका छन् । व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरेका हुन् । उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सहज हुने भएकोले खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय वासिन्दा तथा नेपाल रेडक्रस सोसाईटी दुुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धी गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको छ । विद्यमान कोभिड–१९ को महामारीबाट प्राप्त तितो अनुभव र सिकाएको पाठलाई ध्यानमा राखि नगर अस्पताल बनाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।

जुम्लामा अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

५ मंसिर, खलङ्गा । जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै …

‘स्वास्थ्य सेवा गाउँ–गाउँ र घर–घरमा पुग्छ’

उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानमा मौलिक हकको दर्जा पाएको स्वास्थ्य सेवालाई हरेक नेपालीको घरघरमा पु-याउने कार्यमा सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण पक्रिया शुरु गरिएको बताए ।