तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा २५ शय्याको कोभिड अस्पताल निर्माण कार्य सुरु गरिएको छ । नगरपालिकाको रु एक करोड ५४ लाख लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो । बोलपत्रपश्चात् आधारभूत स्वास्थ्य केन्द्र भवन नजिकै रहेको करिब दुई रोपनी सार्वजनिक जग्गामा अस्पताल निर्माण कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ । विसं २०७८ माघ १० गते सम्झौता गरे पनि निर्माण कार्य भर्खरै सुरु गरिएको हो । उक्त निर्माण कम्पनीले उक्त अस्पताल आठ महिनामा सक्ने गरी सम्झौता गरिए पनि निर्माण व्यवसायीको