तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका छन् । व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरेका हुन् ।
उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सहज हुने भएकोले खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय वासिन्दा तथा नेपाल रेडक्रस सोसाईटी दुुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो ।
आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धी गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको छ । विद्यमान कोभिड–१९ को महामारीबाट प्राप्त तितो अनुभव र सिकाएको पाठलाई ध्यानमा राखि नगर अस्पताल बनाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।