वेदकोटमा पन्ध्र शय्याको अस्पताल भवन निर्माण हुँदै

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए । ‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई ताकेता गर्‍यौं, साइट क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईओटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार दुई वर्षभित्रै निर्माण सक्नेगरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो ।   अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हट्ने बताइएको छ । नगरपालिकामा हालसम्म दुईओटा स्वास्थ्यचौकी, दुईओटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । रासस

सम्बन्धित सामग्री

अस्पताल भवन निर्माण अधुरै

गोदावरी, ५ साउन । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो । विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुईतले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रवीना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो […]

अस्पताल भवन निर्माण अधुरै

काठमाडौँ,२२ मँसिर । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण […]

सल्यान जिल्ला अस्पताल भवन निर्माण एक वर्षदेखि अलपत्र

सल्यान : सल्यान जिल्ला अस्पतालको भवन निर्माण एक वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको चरम लापरवाहीका कारण अस्पतालका दुईवटा भवन अलपत्र छन्।अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरवृद्धि गर्न भवन निर्माण थालिए पनि निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवा विगत एक वर्षदेखि सम्पर्कविहीन भएको छ। कम्पनीले भवन निर्माणका लागि १ करोड ५० लाख पेश्की समेत लिइसकेको छ। कम्पनीले तीन वर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाखमा सम्झौता गरेको थियो।सम्झौता गरेको एक वर्ष बितिसक्दा समेत भव

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८

म्याग्दीका तीन पालिकामा अस्पताल भवन निर्माण सुरु

म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुवात भएको छ।

कटहरियामा १५ बेडको अस्पताल भवन निर्माण सुरु

रौतहटको कटहरिया नगरपालिकामा १५ बेडको अस्पताल भवन निर्माण सुरु भएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार हिन्दु परम्परा अनुसार  विधिवतरुपमा ब्राह्मणद्वारा मन्त्रोचारण पश्चात् जग हालेसँगै अस्पताल भवन निर्माणको काम सुरु भएको हो ।संघीय सरकारको १९.७५ करोड रुपैयाँ लगानीमा भवन निर्माणका लागि कटहरिया नगरपालिकाले आह्वान गरेको  टेण्डर घटाघट प्रक्रियामार्फत महालक्ष्मी धनन्जय चौधरी जेभीले ११ करोडमा सकार गरेको थियो । कटहरियास्थित प्राथमिक स्वास्थ केन्द्रको हाताभित्र १५ शय्याको आधारभूत स्वास्थ क

६ करोडकाे लागतमा अस्पताल भवन निर्माण सुरू

म्याग्दी :  अन्नपूर्ण गाउँपालिका-१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरू गरिएको छ।संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो। गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले अपांगमैत्री पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरू गरिएको जानकारी दिए।‘आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन

दोबामा अस्पताल भवन निर्माण सुरु

'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने, 'आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'

ताकममा अस्पताल भवन निर्माण सुरु

'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा-छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने 'आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'

५० शैय्याको रुकुम पूर्व  अस्पताल भवन निर्माण थालियो

रुकुम (पूर्व) : ५० शैय्याको रुकुमपूर्व अस्पतालको भवन निर्माणको कार्य सुरु गरिएको छ। ५० शैय्या क्षमताको भौतिक संरचना भएको रुकुमपूर्व अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो।लुम्बिनी प्रदेश सरकार ग्रामीण तथा शहरी विकास मन्त्रालयबाट प्राप्त बजेटमा शहरी विकास तथा भवन कार्यालय दाङको प्राविधिक सहयोगमा रुकुमपूर्व अस्पतालको नयाँ भवन निर्माण कार्य थालिएको छ। भ्याटबाहेक १५ करोड ५७ लाख ४५ हजार ९ सय २९ रुपैयाँमा खड्का- पिएसे जेभी निर्माण कम्पनीले काम गरिराखेको अस्पताल विकास समितिका अध्यक्ष फत्तेकुमा