ढोरपाटन : बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको संगमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन्।करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यो याममा गोठ तथा पशुचौपायाले भरिएको छ। तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन्। जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन्।करिब चार महिना लेकमै बस्ने गोठाला