पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले निवेदकको मागदाबी नपुगेको फैसला गरेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले शुक्रवार यस्तो फैसला गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार निवेदकले माग गरेको दाबी नपुगेको भन्दै फैसला भएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशहरूले अदालतको विषयमा वक्तव्य जारी गरेर अदालतको अवहेलना गरेको हुनाले हदै सम्मको सजाय हुनुपर्ने ...