शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए । आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए । स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवर