थामेका कामीरिता शेर्पा सर्वोच्च शिखर सगरमाथामा २२ औं पटक आरोहणको लागि जाने भएका छन् । उनले सफल आरोहण गरेमा यसअघिको आप्पा शेर्पाको २१ पटकको रेकर्ड तोडिनेछ ।
विश्वको अग्लो शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरिसकेका विश्वप्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै २८ औं किर्तिमान ब्रेक गर्न सगरमाथा आधार शिविर पुगेका छन् । पर्यटन विभागका अनुसार, उनी विदेशी भीभीआईहरुको समूहको गाइडका रुपमा यसपाली २९ औं पटकका लागि सगरमाथा आरोहण गर्न लागेका हुन् ।
सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर बिहीबार काठमाडौँ फर्कनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो । आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै …
काठमाडौं । पर्वतारोही कामीरिता शेर्पा २८ औं पटक विश्वको सर्वाेच्च सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्नु भएको हो । यस अघि २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएका कामीरिताले सोलुखुम्बु पाङबोचेका पासाङ दावा […]
काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा पुनः २६औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनले यसअघि २५औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन् । २६औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् । शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा […]
The post कीर्तिमानी आरोही कामीरिता २६औं पटक सगरमाथा शिखरमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
साेलुखुम्बु – सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ ।
कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो । विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीम...
२६ औं पटक सगरमाथा आरोहण गरेका आरोही कामिरिता शेर्पा २६औं पटकको प्रयास पश्चात् काठमाडौं फर्केका छन् ।
प्रतिकुल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन । कामीरिता...
सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।तस्बिरमा हेर्नुहोस् :
वैशाख २७, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८ हजार ५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ ।
आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएको ६ सदस्य आरोही सोमवार साँझ ६:४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानकारी दिएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् ।
विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताए । त्यसैगरी पुमरी (७ हजार १६१ मिटर) हिमालको सफल आरोहण पनि भएको छ । चार नेपाली र दुई भारतीयले सोमवार अपराह्न हिमाल आरोहण गरेको विभागले जानकारी दिएको छ । चालू याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ ।
वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ । सगरमाथा आरोहण यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो ।
संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन् । रासस
काठमाडौं, बैशाख २५ । सन् २०२१ को बसन्त ऋतुको पहिलो पटक १२ जना नेपाली आरोही गाइडले सगरमाथा हिमाल ९८८४८.८६ मिटर को सफल आरोहण गरेका छन। यो सिजनको बाटो निर्माणमा खटिएका कीर्तिमानी आरोही कामीरिता शेर्पा सहितको १२ जना शेर्पा गाइडको टोलीले शुक्रबार साँझ ६ बजे सफल आरोहण गरेको बाटो निर्माण कम्पनी सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा […]
आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार, कामीरिताको टोली यसवर्ष सगरमाथा आरोहण गर्ने पहिलो टोली भएको छ । बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो […]