काठमाडौँ आइपुगे कीर्तिमानी कामीरिता, तस्बिरमा हेर्नुहोस्

सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका नेपालका कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् । उनले कीर्तिमानी २५ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । ‘रोप फिक्सिङ टिम’को नेताका रुपमा अन्य शेर्पासँगै उनले सगरमाथाको चुचुरोमा पाइला राखे ।शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने क्रममा सगरमाथाको चुचुरामा पुगेपछि  यस वर्षको वसन्त याममा आरोहणका लागि बाटो खुला भएको थियो ।तस्बिरमा हेर्नुहोस् :

सम्बन्धित सामग्री

१० तस्वीरमा हेर्नुहोस्, स्पेनलाई युरो कप फुटबलको ट्रफीले दिलाएको खुशी

स्पेनले युरो कप फुटबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । यो स्पेनका लागि कीर्तिमानी चौथों पटकको युरो कपको उपाधि हो । जर्मनीको बर्लिनमा सोमबार बिहान सम्पन्न भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ को गोल अन्तरले हराउदैँ स्पेन युरो कपको च्याम्पियन बन्न सफल भएको हो । यता इंग्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट बञ्चित बनेको छ। […]

तस्बिरमा हेर्नुहोस् सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन

मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ । मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो। मनाङले लिगको अन्तिम खेलमा भने आज फ्रेन्ड्ससँग पराजित भयो।