काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गगतको पर्यटन विभागले यस पटकको वसन्त याममा हिमाल आरोहणको अनुमति दिँदा ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व उठाएको छ। कोरोना महामारीबीच सगरमाथ लगायतका हिमाल आरोहण गर्न विभागले हालसम्म ६२३ जनालाई अनुमति दिएको छ।विभागले २०७७ चैत २ गते देखि हिमाल आरोहणको लागि अनुमति दिन सुरु गरेको हो।