पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण