काठमाडौं। सरकारले यो वर्ष (सन् २०२१)मा विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमाल आरोहणको अनुमति दिँदा ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ राजस्व संकलन गरेको छ। पर्यटन विभागले यो वर्ष १६ वटा हिमाल आरोहणको लागि ८५ समूहका ७४२ जनालाई अनुमति दिएको छ। अनुमति पाउनेमा ५८० जना पुरुष, १६१ महिला र एक जना तेस्रो लिङ्गी रहेका छन्।