पर्यटन विभागले हिमाल आरोहण शुल्क बापत १५ दिनमा दुई करोड २९ लाख ९० हजार १९४ रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन शुरु गरेसँगै शुक्रबारसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा, कुम्भकर्ण र मरियाङ हिमाल आरोहण शुल्कबापत राजस्व संकलन गरेको जनाएको छ ।