सन् २०२२ को सुरुवाती तीन महिनामा हिमाल आरोहणबाट मात्रै सरकारले साढे ५ करोड रुपैयाँ माथिको राजस्व संकलन गर्न सफल भएको छ । पर्यटन बोर्डकाअनुसार हिउँदे सिजनका लागि विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका १५६ आरोहीबाट कुल ५ करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ संकलन भएको हो । यस्तो आम्दानी अमेरिकी डलरमा ४ लाख ६३ हजार २०० अमेरिकी डलर रहेको विभागले जनाएको छ । विभागकाअनुसार जनवरी १ देखि मार्च ३१ सम्म विभिन्न समयमा ६ हजार १५० मिटरदेखि ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहणका लागि १५३ जनाले विभागबाट स्वी