पार्टीहरूको द्वन्द्वको चपेटामा अर्थतन्त्र

अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटको समयावधि सकिँदै छ । संसद्मा प्रस्तुत गरिएको प्रतिस्थापन विधेयक पारित हुने छाँटकाँट छैन । दलहरूलाई अर्थतन्त्रको फिटिक्कै चिन्ता छैन आफ्नो अहम् सन्तुष्टि र सत्ताकेन्द्रित रहनुमा नै उनीहरूले सफलता ठानेका छन् । यस्तोमा अर्थतन्त्रले गति लिन नसक्नु स्वाभाविक छ, विकासका कार्यहरूमा ढिलासुस्ती हुनु र जनताले राज्यबाट सुविधा पाउन नसक्ने अवस्था आउनु पनि स्वाभाविकै हो । विसं २०४६/४७ को राजनीतिक परिवर्तनपछि नै नेपालका राजनीतिक दलहरूको लडाइँ पद, प्रतिष्ठा, शक्ति र जसरी पनि चुनाव जित्ने मनसायले अभिप्रेरित छ । कसले बढी चन्दा वा आर्थिक सहयोग दिन्छ वा मेरो मानिस हो कि होइन भन्ने कुराले पद प्राप्त गर्ने वा नगर्ने व्यापारिक छुट, कर छुट, दण्ड वा पुरस्कार र अन्य सुविधा प्राप्त गर्ने वा नगर्ने कुराको निर्धारण गर्छ । शक्तिशाली ठाउँमा आफ्नो मानिस छ भने केही अपवादलाई छोडेर जति नै अपराध वा भ्रष्टाचार गरे पनि क्षम्य हुने स्थिति छ । सरकारले गर्ने निर्णय, ल्याउने ऐन तथा कानून विवादमुक्त हुन सकेको अवस्था छैन । नयाँ संविधानअनुसार राज्यको आर्थिक रूपान्तरण हुने र आर्थिक सुधारको कार्यक्रमबाट देशमा लगानीमैत्री वातावरण सृजना हुने साथै विदेशी लगानीको अवसर सृजना भई विकास निर्माणले गति लिने जुन अपेक्षा गरिएको थियो त्यो पूरा हुन नसकेको छैन । अन्तरपार्टी र पार्टीको आन्तरिक द्वन्द्वले व्यवस्था नै असफल हुने हो कि भन्ने अवस्था ल्याएको छ । अर्थव्यवस्थाको सुदृढीकरणको लागी सबै शक्ति एक हुन जरुरी छ । तर, मुलुकको आर्थिक अवस्था पार्टीगत द्वन्द्वको चपेटामा परेको छ । विभिन्न सरकारद्वारा गठित कानूनी संरचना जस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत आयोग पार्टीभित्रका वा अन्य पार्टीका विरोधीहरूलाई सत्तापक्षले तह लगाउने वा तर्साउने रूपमा प्रयोग हुने आशंका छ । नेपालको अर्थतन्त्रमा अपेक्षित सुधार छैन । आयात र निर्यातमा देखिएको असन्तुलनले शोधनान्तर स्थितिलाई गम्भीर असर गरेको छ । अपेक्षित रूपमा निर्यातमा सुधार हुन सकेको छैन । दाताले दिन्छु भन्छन् हामी योजना पेश गर्न सक्दैनाैं । दिन्छु भनेको रकम लिन पनि राजनीतिक लडाइँ हुन्छ । दलगत राजनीतिक खिचातानी तथा पार्टीगत आन्तरिक द्वन्द्वले गर्दा विदेशी लगानी फिर्ता जाने सम्भावना बढ्न थालेको छ । यस्तोमा विदेशीले विश्वास गर्ने भरपर्दो आधार देखिँदैन । राजस्व तथा बक्यौता अर्बाैं उठाउन बाँकी छ । समयमा विकास निर्माणका कार्यहरू सकिने अवस्था छैन । आगामी वर्षको आर्थिक वृद्धिदरको लक्ष्य बजेटमा ७ प्रतिशत राखे पनि पूरा हुने अवस्था छैन । विकासमा भन्दा साधारण खर्च एव सेवा र उपभोगतर्फ बढी खर्च भएबाट औद्योगिक विकासको सम्भावना गिर्दो अवस्थामा छ । स्रोतसाधनको अभावमा २ वर्षमा बन्छ भनेको आयोजना ६ वर्षमा पनि नबन्ने स्थिति छ । कृषितर्फ हेर्दा सिँचाइ, मल, बीउ तथा दक्ष जनशक्तिको अभावले अपेक्षित सुधार आउन सकेको छैन । महँगी बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ जोखिमलाई धान्न सक्ने अवस्था छैन । वित्तीय समावेशीकरण हेर्दा अझै पनि ६० प्रतिशत जनता अनौपचारिक क्षेत्रबाट सेवा लिन बाध्य छन् । बैंकको निक्षेप तथा कर्जा प्रवाहमा सन्तुलन देखिँदैन भने पोर्टफोलियो व्यवस्थापन पनि कुशल छैन । अधिकांश कर्जाको भुक्तानी मिति नाघेको छ । उद्योग धन्दालाई गएका ठूला कर्जाहरूको पुनर्तालिकीकरण गर्नुपरिरहेको छ । निक्षेपमा राम्रो ब्याज प्राप्त नभएकाले पूँजी पलायनको सम्भावना त्यत्तिकै देखिन्छ । बेरोजगारीतर्फ हेर्ने हो भने विकराल स्थिति छ । कोरोनाका कारण १५ लाखभन्दा बढीले रोजगारी गुमाएको सरकारकै अध्ययनले देखाएका छ । आधा तलबमा काम गर्नेको संख्या त यसमा अझ छैन । देशको समग्र स्रोतसाधनको परिचालन गर्ने मुख्य आधार भनेको कर्मचारी हो, जसलाई स्थायी सरकार पनि भनिन्छ । तर, राजनीतिक दलका अधिकांश नेताले कर्मचारीको काम गर्ने शैलीलाई मनपराउन छाडेका छन् । धेरै नेताले कर्मचारीको असहयोगले कार्य हुन सकेन भन्ने आवाज पछिल्ला दिनमा बढ्न थालेको छ । जबसम्म कर्मचारी र राजनीतिक नेतृत्वबीच समन्वय हुन सक्दैन तबसम्म विकासको कल्पना अधुरो हुन्छ । तसर्थ राजनेताहरूले कर्मचारीलाई साथ लिएर कार्य गर्न जरुरी छ । अन्तरपार्टी द्वन्द्व बहुदलीय राजनीतिक पद्धति भएका जुनसुकै मुलुकमा हुने गर्छ तापनि नेपालमा पार्टीभित्रको आन्तरिक द्वन्द्व र अन्तरपार्टी द्वन्द्व निकै बढी छ । सत्तामा रहँदा ठीक हुने नीति विपक्षमा बस्दा विरोध गर्ने गरिएको छ । आफैले पेश गरेको बजेट केही संशोधन हुँदा पारित गर्न नदिएर मुलुक बजेटविहीन अवस्थामा पुग्न लागेको छ । अन्य मुलुकहरूमा राष्ट्रिय एजेन्डामा सबै पार्टी एक हुन्छन् तर यहाँ भने मौका हेरेर विचार र बोली फेरिरहन्छन् । नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, मधेशवादी दललगायत ठूला दल गुटउपगुट झाँगिँदै गएका छन् । अध्यादेशबाट टुटफुटलाई सहज बनाइएको छ । दलिय अन्तद्र्वन्द्वले राजनीतिक अथिरता निम्त्याएको छ । महीना बितिसक्दा पनि सरकारले पूर्णता पाएको छैन । सरकार गिराउनका लागि प्रतिपक्ष दल लागिसकेको छ । अन्तरराष्ट्रिय क्षेत्रलाई विश्वासमा लिने, संस्थागत सुशासन कायम गर्ने काममा दलहरूको चासो नै देखिँदैन । हचुवाको भरमा लोकप्रिय नारा लगाउने, देशमा रोजगारी सृजना गर्नुभन्दा प्रचारमुखी काम गर्ने, विकास खर्चमा भन्दा साधारण खर्चमा जोड दिनेजस्ता कुरामा राजनीतिक नेतृत्वको चासो देखिन्छ । कृषिक्षेत्रको विकास गर्ने र आयातलाई प्रतिस्थापन गर्ने, निष्पक्ष रूपमा दण्ड र संजायको व्यवस्था गर्ने, संवैधानिक निकाय र अदालतमा राजनीतिक हस्तक्षेप बन्द गर्ने र उनीहरूलाई विरोधी तर्साउने हतियारको रूपमा प्रयोग नगर्ने कुरामा भने उनीहरूको चासो छैन । यही कारण विकासका काममा अवरोध परिरहे पनि उनीहरू यसलाई सुधार ल्याउन प्रयत्नशील देखिँदैनन् । यस्तोमा कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न झनै समस्या देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

सम्बन्धित सामग्री

सन् २०२३ : मन्दीको डर, युद्धको खतरा

काठमाडौँ : यो वर्ष धेरै घटनाले विश्वको ध्यान तान्यो। खासगरी युरोपमा खडेरी, उक्रेनमा भएको युद्ध र जङ्गलमा लागेको डढेलोले विश्वलाई असर गरेको थियो।सन् २०२३ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्ने बताइएको छ। अमेरिका, युरोप, जापान र चीनको अर्थतन्त्र ओरालो लागेको छ। यो अझै खस्कनेछ। अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ गइरहेको चेतावनी दिएकी छन्।विश्वबैंकले सन् २०२२-२३ का लागि विभिन्न देशको आर्थिक वृद्धिदर घटाएर प्रक्षेपण गरेको छ। विश्व

विश्व अर्थतन्त्र र नेपालमा प्रभाव

आजको विश्वले जलवायु परिवर्तन, कोभिड–१९, विभिन्न खाले राजनीतिक द्वन्द्व, मूल्यवृद्धि, खाद्य तथा ऊर्जा संकट र रासायनिक मलको अभावको सामना गरिरहेको छ भने यसै बीचमा रूस–युक्रेन युद्धले यो संकटमा ऊर्जा थपेको अवस्था छ । कोभिड–१९ ले थिलथिलो पारेको विश्व अर्थतन्त्रलाई अहिले उच्च मूल्यवृद्धिले आक्रान्त बनाएको र अब विश्व नै मन्दीको चपेटामा पर्ने त्रासले सताएको छ । […]

महँगीको चपेटामा अर्थतन्त्र, एक महिनामा कस्तो आयो बदलाव ?

नेपाल राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको रिपोर्ट सार्वजनिक गरेको राष्ट्र बैंकले समीक्षा अवधिमा उच्च दरमा बजार महँगी (उपभोक्ता मुद्रास्फीति) बढेको देखाएको हो ।चैत मसान्तसम्म मुलुकको बजार महँगी बढेर ७.२८ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा वार्षिक विन्दुगत आधारमा ४.१८ प्रतिशतले नै बढी हो । यद्यपि, चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिले ६.५ प्रतिशतसम्मको मात्र

अनपेक्षित टीकाटिप्पणीको चपेटामा अर्थतन्त्र

अर्थतन्त्रको दिशा भनेको विगत तथा वर्तमान सरकारको नीति र योजना हो । यसले नै अर्थतन्त्रको दिशा निर्देशित गर्छ । अर्थतन्त्रमा हाल समस्या आउनुको मुख्य कारण कोभिड–१९ ले ल्याएको संकट, अनुत्पादक क्षेत्रमा कर्जा विस्तार, बढ्दो आयात, रूस र युक्रेनको युद्ध, इन्धनको विश्वव्यापी मूल्यवृद्धि, प्रतिबद्धता जनाइसकेको वैदेशिक सहायतासमेत नआउनु, भुक्तानी सन्तुलनमा दबाब, घट्दो रेमिट्यान्स, बेरोजगारी, कृषि क्षेत्रप्रतिको […]

कीर्तिमानी दरमा बढ्यो भारतीय अर्थतन्त्र

भदौ १६, नयाँदिल्ली (भारत) । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र अहिलेसम्मकै उच्च दरमा बढेको छ । अर्थतन्त्र कोरोना भाइरसको दोस्रो लहरको चपेटामा आएको भएपनि जुन त्रैमासमा कुल गार्हस्थ उत्पादन (जीडीपी) गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव १ प्रतिशतले बढेको छ ।  कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको प्रतिबन्धहरु अलि अलि खुकुलो बनाएसँगै आर्थिक गतिविधिले समीक्षा अवधिमा टेवा पाएका थिए । सन् २०२० को सोही अवधिमा भने संक्रमण नियन्त्रण गर्न देशव्यापी रुपमा बन्दाबन्दी गरिएको थियो । फलतः अर्थतन्त्र २४ प्रतिशतले खुम्चिएको थियो । निजी लगानी र उपभोक्ता खर्चले अर्थतन्त्रमा ‘भी आकारको’ पुनःबहाली सम्भव बनाएको सरकारको प्रमुख आर्थिक सल्लाहकार के भी सुब्रमन्यणले बताएका छन् ।  ह्वात्तै आर्थिक वृद्धिदर घटेर तीव्र सुधार आउनुलाई भी–आकारको पुनःबहाली भनिन्छ । म्यानुफयाक्चरिङ र निर्माण क्षेत्रले पनि आर्थिक वृद्धिदर डोर्‍याएको हो । गत आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको थियो । महामारीको चपेटामा आएको विश्वका प्रमुख अर्थतन्त्रमध्ये यो पनि एक थियो । गत त्रैमासको वृद्धिदर भारतीय केन्द्रीय बैंक ‘रिजर्ब बैंक अफ इन्डिया’ले गरेको प्रक्षेपणभन्दा चाहीं कम हो । सो अवधिमा अर्थतन्त्र २१ दशमलव ४ प्रतिशतले बढ्ने आरबीआईको प्रक्षेपण थियो । केही मुख्य क्षेत्रहरुमा सुधार नआएको भएपनि यस वर्ष भारतीय अर्थतन्त्र सुदृढ दरमा बढ्नेमा विज्ञहरु आशावादी देखिएका छन् । अर्थतन्त्रको मुख्य चालक उपभोक्ता खर्च भने अझै पनि महामारी पूर्वको स्तर भन्दा तल नै छ । संक्रमणको अर्को लहरको जोखिम र सुस्त खोप कार्यक्रमले वृद्धिको गति बिगार्न सक्ने विज्ञहरुले बताएका छन् । एजेन्सी

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

बजार चलायमान हुने बजेट आवश्यक : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्थासहितको आउनुपर्ने माग गरेको छ ।कोरोना संक्रमणको पहिलो लहरबाट नराम्रोसँग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको हो ।महासंघले महामारीबाट जनताको जीवन रक्षाका […]

पुरानै लयमा फर्काउने गरी बजेट आउनुपर्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसँग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको छ । महासंघले महामारीबाट जनताको जीवन रक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधार सँगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले

राजनीतिक अस्थिरताले निजी क्षेत्र हतोत्साहित

उद्योगी, व्यवसायको प्राथमिकता राजनीति नभए पनि अस्थिर राजनीतिक वातावरणले औद्योगिक वातावरण बन्न नसक्ने उनीहरूको ठहर छ। दलहरूको राजनीतिक मुद्दाको चपेटामा मुलुकको अर्थतन्त्र परेको निजी क्षेत्रको बुझाइ छ।...

रेमिट्यान्सले धानेको अर्थतन्त्र

मुलुकको अर्थतन्त्रमा प्रधानमन्त्री र अर्थमन्त्रीको शैली, स्वभाव र व्यवहारले आमव्यवसायीमा नकारात्मक असर पर्ने स्थिति आउनु राम्रो होइन । यति बेला विश्व अझै कोरोना भाइरस महामारीको चपेटामा छ । विश्वका विभिन्न मुलुकमा रोजगारी र अन्य कामको सिलसिलामा पुगेका नेपाली नागरिक धमाधम स्वदेश फर्कनेक्रम रोकिएको छैन । पुस मसान्तसम्ममा रेमिट्यान्स नघटेका कारण समस्या परिहालेको त छैन । […]