मुलुकको अर्थतन्त्रमा प्रधानमन्त्री र अर्थमन्त्रीको शैली, स्वभाव र व्यवहारले आमव्यवसायीमा नकारात्मक असर पर्ने स्थिति आउनु राम्रो होइन । यति बेला विश्व अझै कोरोना भाइरस महामारीको चपेटामा छ । विश्वका विभिन्न मुलुकमा रोजगारी र अन्य कामको सिलसिलामा पुगेका नेपाली नागरिक धमाधम स्वदेश फर्कनेक्रम रोकिएको छैन । पुस मसान्तसम्ममा रेमिट्यान्स नघटेका कारण समस्या परिहालेको त छैन । […]