पुरानै लयमा फर्काउने गरी बजेट आउनुपर्छ : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेट कोभिड १९ महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने व्यवस्था सहितको आउनुपर्ने माग गरेका छन् । कोभिड १९ संक्रमणको पहिलो लहरबाट नराम्रोसँग थला परेको अर्थतन्त्र पुरानै लयमा फर्कन नपाउँदै दोश्रो लहरको चपेटामा परेको भन्दै महासंघले बजारलाई चलायमान बनाउने गरि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरेको छ । महासंघले महामारीबाट जनताको जीवन रक्षाका लागि खोप र स्वास्थ्य पूर्वाधार सँगै अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई पनि सरकारले

सम्बन्धित सामग्री

साना सेयर लगानीकर्तालाई ‘सेफ ल्यान्डिङ’ को अवसर दिनुपर्छ : अध्यक्ष गोल्छा

२६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको खुद तरल सम्पत्ति कायम गर्नुपर्ने सीमा २० प्रतिशतबाट १५ प्रतिशत कायम गर्न माग गरेको छ । मौद्रिक नीतिसम्बन्धी आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु आर्थिक वर्षको भन्दा बजेट १६ प्रतिशत मात्रै विस्तारित रहेको भन्दै खुद तरल सम्पत्ति १५ प्रतिशत भए पुग्ने उनले बताए […]

बजेटले सेयर लगानीकर्ता र खाद्यान्नको मूल्य वृद्धिलाई समेटेन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट अपेक्षाअनुसार नआएको बताएका छन् । सोमबार राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले अपेक्षाअनुसार बजेट नआएको बताएका हुन । यद्यपी बजेटले नसमेटाएका विषय नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिले समेट्नेमा नीजि क्षेत्र रहेको  उनले बताए । ुबजेटले ग्लोबल मार्केटमा बढेको खाद्यान्नको मूल्य समेट्ने अपेक्षा थियो । यसैगरि करिब ६० लाख हाराहारीमा रहेका सेयर लगानीकर्तालाई समेत समेट्ने अपेक्षा थियो,ु गोल्छाले भने, ुतर आफूहरूको अप

बजेटबारे अध्यक्ष र वरिष्ठ उपाध्यक्षको प्रतिकृयाले उद्योग वाणिज्य महासंघमा ‘झगडा’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट भाषण लगत्तै प्रतिक्रिया दिए । आइतबार साँझ ६ः५५ बजे तिर अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सकेपछि तत्कालै अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकालले बजेटको स्वागत गरे । वरिष्ठ उपाध्यक्ष ढकालले त संसद भवन परिसरमै पत्रकारसँग कुरा गर्दै बजेटले ‘डोमेस्टिक प्रोडक्सन’लाई प्रोत्साहन गरेको भन्न भ्याए । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेटको स्वागत गरेपछि महासंघभित्र अहिले झगडा सुरु भएको छ । बजेट सार्वजनिक भएपछि पदाधिकारी बैठक बसेर मात्रै महासंघका सदस्यहरुले एउटै धारणा सार्वजनिक गर्ने निर्णय भएपनि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै उक्त निर्णय पालना नगरेको भन्दै आलोचना सुरु भएको छ । साना तथा मझौला उद्योगी व्यवसायीमा पर्ने प्रभाव, आयातकर्ता व्यवसायीले भोग्नुपर्ने समस्या, सानो आकारमा नेपालमै उत्पादित हुने बस्तु माथिको अस्वभाविक कर, आत्मनिर्भर उन्मुख भनिएका बस्तुमा दिईएको भन्सार छुट लगायतका विषयमा छलफल नै नगरी अध्यक्ष र वरिष्ठ उपाध्यक्षले बजेट ‘राम्रो’ आयो भन्नु महासंघकै निर्णयको विरुद्द भएको अन्य सदस्यहरुले बताएका छन् । स्यानिटरी प्याड, तेल, मदिरा लगायतका उद्योगमा सरकारले लिएको नीति गलत भएपनि महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले नै संसद भवनको परिसरबाटै बजेटको स्वागत गरेर आफूहरुले बोल्ने ठाउँ नराखेको एक जना खाने तेल उत्पादन गर्ने उद्योगी बताउँछन् । निर्माण व्यवसायीले पनि १० करोड सम्मका निर्माण आयोजनाका काम श्रम सहकारीमार्फत गराउने व्यवस्था बजेट भाषणबाटै आउनु गलत भएको ठहर गरेका छन् । महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले छलफल नगरी हतारमा प्रतिक्रिया दिएर गलत गरेको भन्दै आलोचना गरिरहेका साना तथा मझौला उद्योगीहरुलाई पूर्व अध्यक्ष चण्डीराज ढकालले साथ दिएका छन् ।

निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव हुँदैन : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको हो । […]