काठमाडौँ : यो वर्ष धेरै घटनाले विश्वको ध्यान तान्यो। खासगरी युरोपमा खडेरी, उक्रेनमा भएको युद्ध र जङ्गलमा लागेको डढेलोले विश्वलाई असर गरेको थियो।सन् २०२३ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्ने बताइएको छ। अमेरिका, युरोप, जापान र चीनको अर्थतन्त्र ओरालो लागेको छ। यो अझै खस्कनेछ। अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ गइरहेको चेतावनी दिएकी छन्।विश्वबैंकले सन् २०२२-२३ का लागि विभिन्न देशको आर्थिक वृद्धिदर घटाएर प्रक्षेपण गरेको छ। विश्व