काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनले पार्टीको निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन्।
एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। तर, सो निर्णय कार्यान्वयन…