नेपाली खेलकुद क्षेत्रमा बलियो शक्तिका रुपमा चिनिने जीवनराम श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी–एकीकृत समाजवादीका प्रमुख सचेतक हुन् । खेलकुद राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका श्रेष्ठ दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र तीनपटक ओलम्पिक कमिटी नेपालका अध्यक्ष भएका व्यक्ति हुन् ।उनी राखेपमा विसं. २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएका थिए । एकवर्ष मात्र सदस्य–सचिव पद सम्हालेका उनी २०६३ सालमा दोस्रो पटक सदस्य–सचिवका रुपमा नियुक्त भए । उनी १२ औँ