सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।   पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । आजको

सम्बन्धित सामग्री

लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठकः विश्वासको मत दिने/नदिने विषयमा छलफल

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा छलफल गर्न बैठक राखिएको हो। काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिए। बैठकमा संगठन सुदृढिकरण र विस्तारको कामलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच सत्ता समीकरणबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बालुवाटारमा शुक्रबार भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल भएको थियो ।राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।-न्युज कारखाना

ओली–महन्थ छलफल, एमाले–लोसपा तालमेल प्रयास

२४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका छन् । उनीहरुको बीचमा एमाले र लोसपा तालमेलबारे कुरा भएको एमालेका एक उच्च नेताले पुष्टि गरे । ‘अध्यक्षले आज आफैं कुरा गर्नुभएको हो, चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने हामीलाई जानकारी गराउनुभयो,’ ती नेताले भने […]

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिसँग लोसपा नेताहरुको छलफल

काठमाडौं, ११ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज (शनिबार) राष्ट्रपति भवन शीतल निवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका […]

सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी

चुनावी सहकार्यबारे छलफल गर्दै लोसपा कार्यकारिणी बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ । आगामी निर्वाचनमा कुन पार्टीसँग सहकार्य गर्ने, विधान संशोधनलगायत विषयमा शनिबार दिउँसो लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको हो ।

गठबन्धनका लागि दुवै पक्षसँग छलफल गर्दै लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चुनाव केन्द्रित गठबन्धनका लागि एकसाथ नेपाली काँग्रेस र नेकपा एमालेसँग छलफल अघि बढाएको छ । प्रदेश तथा संघको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको लोसपाले कोसँग गठबन्धन गर्ने भन्ने निर्णय गर्न बाँकी छ । गठबन्धन बनाउने उद्देश्यले नै लोसपा नेपालले विपरीत राजनीतिक ध्रुवको नेतृत्वमा रहेका दुवै दलसँग छलफल अघि बढाएको हो ।लोसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल ग

लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए । बैठकमा निर्वाचनबारे […]

बबरमहलमा लोसपा कार्यकारिणीको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ ।  बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ । साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।