लोसपा केन्द्रिय कार्यकारिणी समितिको बैठकः विश्वासको मत दिने/नदिने विषयमा छलफल

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। सरकारलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा छलफल गर्न बैठक राखिएको हो। काठमाडौंको बबरमहलसिथत पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा केन्द्रित भएर छलफल हुने नेता जितेन्द्र सोनलले जानकारी दिए। बैठकमा संगठन सुदृढिकरण र विस्तारको कामलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ।