सरकारमा जाने देखि गठबन्धनमा सामेल हुनेबारे निर्णायक छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

काठमाडौं, २२ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालुवाटार पुगेका छन् । उनीहरु लोसपा सरकारमा सामेल हुने देखि चुनावी गठबन्धनमा सामेल हुनेबारे निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् । लोसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा शिर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन् । यसअघि लोसपाले संसदीय दलको बैठक राखेर चुनावी तालमेलका लागि छलफल […]

सम्बन्धित सामग्री

लोसपा सरकारमा सहभागी हुने

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । यसअघि नै सत्ता गठबन्धनमा रहेकाले निरन्तरता स्वरूप सरकारमा सहभागी हुने नेता केशवकुमार झाले बताए । उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन । नेता झाका अनुसार […]

लोसपालाई गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सत्ता गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा सो सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।उनले भने, 'आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।"आजको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै छलफल नभएको उनले दावी गरे ।

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट

काँग्रेस बैठकमा लोसपालाई पनि गठबन्धनमा ल्याउन जोड

नेपाली काँग्रेसको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा ल्याउनुपर्ने विषय उठेको छ । काँग्रेस शीर्ष नेताहरुको बैठकमा नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतले लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । यसबारे गठबन्धनमा छलफल हुनुपर्ने उनीहरुले धारणा राखेको सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको आवश्यकता र औचित्यका विषयमा प्रकाश पारेका थिए । उनीहरुले गठबन्धन नगरी कसैको पनि बहुमत

अबको केही दिनमा सत्ता गठबन्धन ६ दलीय बन्छ

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका नेताहरू राजनीतिक आधार टेकेर गठबन्धनमा जाने मनस्थितिमा पुगेका हुन् । बालुवाटारमा भएको छलफलमा देउवाले लोसपालाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव गरेका थिए । लोसपा सत्ता गठबन्धनमा जाने विषयमा १० महिनादेखि छलफल भइरहेको छ । जसपाका अध्यक्ष […]

पाँच दलीय गठबन्धनमा लोसपा रहने नरहने शुक्रबार टुंगो लाग्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पाँच दलीय गठबन्धनमा सहभागी हुने या नहुने भन्ने विषय शुक्रबार टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो ।संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।  सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता विधेयक पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी द

लोसपा र नेसपालाई गठबन्धनमा आउन कसले रोक्यो ?

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रयासरत छ तर हालसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।लोसपाका अध्यक्ष ठाकुर र नेसपा अध्यक्ष भट्टराईले गठबन्धनमा सहभागिताको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिसकेका छन् । छलफलबाट उनीहरूले आश्वासन मात्र पाएका छन् ।गठबन्धनले अगामी संघ तथा प्रदेशको चुनावमा सिट बाँडफाँडका लागि काँग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा एक समिति

सत्ता गठबन्धनमा लोसपा ल्याउन छलफल जारी छ : कार्की

पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी

लोसपा गठबन्धनमा आए स्वागत गर्छौं : उपेन्द्र यादव

२५ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउन लोसपाका नेताहरुसँग छलफल चलाइरहेको बेला जसपा अध्यक्ष यादवले लोसपा पनि गठबन्धनमा आए स्वागत गर्ने बताएका हुन् । ‘एक हातले ताली बज्दैन, दुबै […]

लोसपा पनि सरकार र गठबन्धनमा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ । सरकारमा सहभागी भएपछि स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा सहभागी हुने विषयमा पनि छलफल भइरहेको छ । ठाकुर र महतोसँग छलफल गर्दै यो विषयमा सो पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता […] The post लोसपा पनि सरकार र गठबन्धनमा ! appeared first on राजधानी राष्ट्रिय दैनिक.