पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताएका हुन् । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी