स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै संयुक्त विज्ञप्ति

बाँके। भेरी अस्पतालकामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विषयलाई लिएर नेपाल चिकित्सक संघ, भेरी अस्पताल विकास समिति र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १५ वटा संघ संस्थाले आज घटनामा संलग्नलाई कार्वाही गर्नुपर्ने भन्दै संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन्। स्वास्थ्यकर्मीहरुको उचित सुरक्षाको व्यवस्था गर्ने र यस विषयमा भएको आन्दोलनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

गाजाको अवस्था अत्यन्त खराब : संयुक्त राष्ट्रसंघीय एजेन्सी

संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले गाजामा जारी इजरायली आक्रमणले सर्वनाशको अवस्था निम्त्याएको बताएका छन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेयता इजरायलले जारी राखेको कारबाहीले २ महिनामा गाजामा सर्वनाश हुँदै गएको र यो अवस्था थप विकराल बनेको उनीहरूले बताएका हुन्। राष्ट्रसंघीय एजेन्सी र तिनका २७ वटा सहायता संगठनले एक संयुक्त विज्ञप्ति जारी गरी तत्काल युद्ध नरोके त्यहाँ मानवीय सहायता पूर्णरूपमा बन्द हुने बताएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा गाजाको अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको जनाएका

इजरायल–प्यालेस्टाइन युद्धप्रति नेपालका सात जना पूर्व राजदूतहरुको भर्त्सना

काठमाण्डाै - नेपालका सात जना पूर्वराजदूतहरूले इजरायल–प्यालेस्टाइन युद्धबारे चिन्ता व्यक्त गर्दै संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।  पूर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले आइतवार संयुक्त विज्ञप्ति निकाल्नुभएको हो । विज्ञप्तिमा इजरायल र प्यालेस्टाइनबीच चलेको हिंसाबाट आफूहरू चिन्तित भएको उल्लेख छ ।  उहाँहरुले हमासको आक्रमण निन्दनीय र त्यसको प्रतिक्रियामा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्...

आक्रमण जारी रहे कारोबार बन्द गर्छौं : बैंक सञ्चालक

काठमाडौं  । बैंक, वित्तीय संस्था र तिनका कर्मचारीमाथि आक्रमण जारी रहे बैंकिङ कारोबार बन्द गर्ने सञ्चालकहरूले चेतावनी दिएका छन् । बैंक, वित्तीय संस्था सञ्चालकहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आइतवार प्रेस विज्ञप्ति प्रकाशित गरी बैंक, वित्तीय संस्थाविरुद्ध आक्रमण गर्ने व्यक्ति वा समूहविरुद्ध कानूनी कारबाही र बैंकिङ व्यवसाय सञ्चालनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन समेत सरकारसँग माग गरेको छ ।  बैंक, वित्तीय संस्थाहरूले कर्जा असुलीमा जोड दिएपछि पछिल्लो समय व्यवसायी र बैंकबीच विवाद बढेको छ । कतिपय जिल्लामा व्यवसायीले बैंकविरुद्ध आन्दोलन गर्नुका साथै कतिपय जिल्लामा बैंकका कर्मचारीमाथि भौतिक आक्रमण नै हुन थालेपछि सञ्चालकहरूले प्रतिरोध गरेका हुन् । शुक्रवार बसेको परिसंघको बैठकले कर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्ने र कर्मचारीलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने वा आफ्नो काम गर्न नदिने प्रयास विभिन्न स्थानमा निरन्तर रूपमा भइरहेको भन्दै बैंक, वित्तीय संस्था र कर्मचारीमाथि आक्रमण गर्ने व्यक्ति वा समूहविरुद्ध कानूनी कारबाहीका लागि उजुरी गर्ने निर्णय गरेको छ ।  ‘कानूनद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदत्त अधिकारको प्रयोग गर्दै कर्तव्य पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता सरकार र अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेछ ।’  ‘व्यक्ति, समूह वा संघसंस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता वा सम्पत्तिमा हानिनोक्सानी पुर्‍याउने, बैंकिङ व्यवसायमा अवरोध सृजना गर्ने जोसुकै व्यक्ति तथा संघसंस्थाविरुद्ध अनिवार्य रूपमा मुद्दा चलाउने तथा कडा कारबाहीका लागि सम्बद्ध निकायमा उजुरी गर्न सिबिफिन र यसमा आबद्ध सबै पूर्ण रूपमा प्रतिबद्ध छौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था र कार्यरत सम्पूर्ण कर्मचारीको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक, ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्धत सबैसमक्ष जोडदार  माग गर्दछौं ।’  बैंकहरूलाई व्यवसाय सञ्चालनको वातावरण बनाउन नसक्ने हो भने बैंकिङ सेवा पूर्णरूपमा बन्द हुने समेत संघले चेतावनी दिएको छ । ‘सुरक्षित वातावरणमा प्रचलित कानूनद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदत्त अधिकारको प्रयोग गर्दै कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता सरकार र अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा पूर्ण रूपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाको हक, हित संरक्षण तथा संवद्र्धनमा गम्भीर संकट उत्पन्न हुने र यसबाट अन्ततोगत्वा समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सृजना हुने भएकोले सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।’ यसअघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पनि संयुक्त विज्ञप्ति जारी गरी बैंक, वित्तीय संस्थाको सेवा प्रवाहमा अवरोध, कर्मचारीलाई धम्कीजस्ता गतिविधि जारी रहे त्यसविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।  पूर्वी नेपालको इटहरी, सुनसरी, बिर्तामोडलगायत स्थानका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका केही शाखाको सेवा प्रवाहमा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवाबाट वञ्चित गरेको संघहरूले बताएका छन् । यसअघि नेपाल लघुवित्त बैंकर्स संघले पत्रकार सम्मेलन नै गरेर बैंक, वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि जारी रहने, राज्य संयन्त्रबाट असहयोग हुने र सुरक्षा व्यवस्थामा सुधार नहुने हो भने सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिइसकेको छ ।

वित्तीय क्षेत्रमाथि भएको आक्रमण रोक्न माग

काठमाडौं । बैंकिङ क्षेत्रका संघसंगठनले पछिल्लो समय केही व्यक्ति तथा समूहले वित्तीय क्षेत्रका कर्मचारीमाथि गरेको सांघातिक आक्रमण, अराजक व्यवहार र उनीहरूप्रति लक्षित धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रवार संयुक्त, विज्ञप्ति जारी गरी बिरोध गरेका हुन् । बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको विज्ञप्तिमा उल्लेख छ । ‘यसरी जबरजस्ती कानुन आफ्नो हातमा लिनेलाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरूलाई अनुरोध गर्छौं’ विज्ञप्तिमा भनिएको छ । यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्‍याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्तत: अर्थतन्त्र नै धराशयी बनाउने भएको भन्दै उनीहरूले सजग रहन सबैलाई आग्रह गरेका छन् ।

‘कर्जा लिएर तिर्दिन भन्नु अराजकता’

काठमाडौं । बैंक, वित्तीय संस्थाका संघहरूले कर्जा लिएपछि तिर्दिन भन्नु अराजक क्रियाकलाप भएको टिप्पणी गर्दै यसलाई समयमै नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । बैंकको ऋण नतिर्ने औपचारिक घोषणाका साथै कर्मचारीमाथि आक्रमण हुन थालेपछि बिहीवार बैंक, वित्तीय संस्थाका चारओटा छाता संगठनले संयुक्त विज्ञप्ति जारी गरी ऋण नतिर्ने, कर्मचारीलाई मोसो दल्ने, आन्दोलन घोषणाजस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न माग गरेका हुन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपाल, फाइनान्स कम्पनीहरूको छाता संगठन नेपाल वित्तीय संस्था संघ र लघुवित्तहरूको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गरी अराजक क्रियाकलाप नियन्त्रण गर्न माग गरेका छन् । ‘पछिल्लो समय केही व्यक्तिले बैंक/वित्तीय तथा लघुवित्त संस्थाविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारी हतोत्साही हुने गरी दिइएका धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहारप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरोधको आडमा जबरजस्ती कानून हातमा लिई हुने अराजक घटनालाई समयमैै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको छ भन्नेमा हामी विश्वस्त छौं ।’ बैंक, वित्तीय संस्थाहरूले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै ५४ खर्ब निक्षेप संकलन र १८ लाखभन्दा धेरै ऋणीमार्फत ४८ खर्ब रुपैयाँभन्दा धेरै कर्जा परिचालन गर्दै आएका छन् । यस क्षेत्रले ५३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी सृजना गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षमा राज्यलाई ३४ अर्ब रुपैयाँभन्दा धेरै कर तिरेको र कोभिड संक्रमणमा ब्याजदर छूटमार्फत ऋणीलाई प्रत्यक्ष रूपमा १० अर्ब रुपैयाँभन्दा धेरै छूट दिएका छन् । यस्तै देशको दूरदराजमा लघुवित्त संस्थाहरूले झन्डै ६० लाख निक्षेप खाता तथा ३२ लाखभन्दा धेरै ऋणीलाई सेवा प्रदान गर्नुका साथै २३ हजारभन्दा धेरै प्रत्यक्ष रोजगारी प्रदान गरेको समेत विज्ञप्तिमा उल्लेख छ । बैंक/वित्तीय तथा लघुवित्त संस्थाले नियामक निकायले जारी गरेका नीति/निर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ सेवा प्रदान गर्दै आएको र उनीहरू आफ्ना ग्राहकको हकहिततर्फ सदैव सचेत रहने भएकाले कानूनविपरीत कुनै पनि गतिविधि नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ । केही समस्या भएको खण्डमा सम्बद्ध संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने उनीहरूको भनाइ छ । यस्तै बैंकिङ क्षेत्रलाई थप सबल र सुदृढ बनाउँदै मुलुकको आर्थिक विकासमा मद्दत गर्न सबै सरोकारवालाको साथ र सहयोगकोे अपेक्षासमेत संघहरूले गरेका छन् ।

तनहुँको व्यास ८ फेदी केन्द्रमा फेरि मतदान गराउन माग

३० वैशाख, तनहुँ । नेकपा एमाले र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका वडा नं. ८ को फेदी केन्द्रमा पुन मतदान गराउन माग गरेका छन् । यो केन्द्रमा निरीक्षणका लागि पुगेका जोशीमाथि आक्रमण भएको थियो । एमालेकातर्फबाट राजेश्वर ढकाल र जोशीले संयुक्त विज्ञप्ति निकालेर यो केन्द्रमा फेरि मतदान गराउन माग गरेका हुन् । […]

युक्रेन हमलाकोबीच क्वाड देशको बैठक,यस्तो आयो संयुक्त विज्ञप्ति

चतुर्पक्षीय सुरक्षा संवाद अर्थात् क्वाड लिडरहरूको बैठक बसेको थियो । क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया  छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, रसियाले युक्रेनमा आक्रमण गर्‍यो, जुन बेला यो बैठक भएको थियो। क्वाड देशहरूमध्ये भारत एक मात्र यस्तो देश हो, जसले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन। संयुक्त राष्ट्र संघमा अमेरिकाको नेतृत्वमा रुस विरुद्धको निन्दा प्रस्तावमा […]

रुसद्वारा युक्रेनका सैन्य तथा प्राविधिक केन्द्र लक्षित आक्रमण तीव्र

रुसले युक्रेनको राजधानी किभमा आक्रमण तीव्र बनाएको छ । दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेको बीबीसीले जनाएको छ । रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । यसैबीच विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति न...

सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

१७ चैत, काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समुहले प्रदर्शनकारीमाथिको दमन नरोके सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै …