काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि धर्ना जारी राखेको छ। वकिलहरु आज सर्वोच्चको भित्री प्रँगाणमै धर्नामा बसेका छन्।
धर्नालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको प्रवेश सर्वोच्चमा निषेध गरेको बताए। 'उहाँको प्रवेश निषेध गरेका छौ। न्यायापालिका मन्दिर हो। यसलाई चोलेन्द्रले सर्वोच्चलाई किनबेचको…