काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध बृहत् नागरिक अन्दोलनले गर्न लागेको ‘टीयू मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
कीर्तिपुरको पाँगा दोबाटोबाट त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयतर्फ गइरहेको बृहत् नागरिक आन्दोलनको र्यालीलाई प्रहरीले अवरोध गरेर उनीहरुले नाटक देखाउनका लागि बोकेका विभिन्न सामग्री पनि खोसेको छ ।
प्रहरीको हस्तक्षेपपछि नागरिक आन्दोलनका अगुवाहरु त्रिविको उपकुलपतिको कार्यालय अगाडि धर्नामा बसेका छन् । भेला र विरोध प्रदर्शन गर्न पाउने नागरिक हकमाथि प्रहरीले दमन गरेको भन्...