नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ । कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी शुक्रबार भर्चुअल कार्यक्रम गरेर कम्पनीले २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरेको हो ।
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुप...