बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाको रुपमा रहेको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयको नाकाबाट गत वर्ष निर्यात शून्य भएको छ । कार्यालयका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार आव २०७८/७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिँडी, चप्पललगायत सामानहरू बढी आयात भएका थिए । ८१ लाख २१ हजार ३१४ को सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो […]