सञ्चालनमा रहेका मध्ये एक तिहाइ नाकाबाट शून्य निर्यात

काठमाडौँ । सञ्चालनमा रहेका कूल व्यापारिक नाकामध्ये एक तिहाइ नाकाबाट हुने निर्यात शून्य देखिएको छ ।  हाल नेपालले वैदेशिक व्यापारमा प्रयोग गर्दै आइरहेको कूल २७ वटा भन्सार नाकामध्ये १० वटाबाट शून्यको निर्यात हुने गरेको देखिएको

सम्बन्धित सामग्री

रसुवागढीबाट भित्रन थाले पर्यटक

५ वैशाख, काठमाडौं । कोरोना भाइरसको महामारीपछि बन्द भएको नाका पूर्ण रुपमा सुचारु भएसँगै चीनबाट स्थलमार्ग हुँदै पर्यटक भित्रन थालेका छन् । अध्यागमन विभागका अनुसार रसुवागढी नाकाबाट पर्यटक भित्रन थालेका छन् । विभागको तथ्यांक अनुसार सोमबार रसुवागढी नाका हुँदै १७ जना चिनियाँ नागरिक नेपाल आएका छन् । जसमा ३ जना महिला छन् । यो नाकाबाट […]

नेपालका २७ भन्सार नाकामध्ये पछिल्लो ६ महिनामा १० वटा नाकाबाट निर्यात शून्य

काठमाडौं, २४ माघ। नेपालले हाल सञ्चालनमा ल्याएका २७वटा भन्सार नाकामध्ये पछिल्लो ६महिनामा १०वटा नाकाबाट नेपालले एक रुपैयाँको वस्तु पनि निर्यात गरेको छैन। भन्सार विभागका अनुसार निर्यात नगरेका नाकामा भद्रपुर, जनकपुर,महेशपुर, राजविराज, सति, सिरहा, सुनसरी, तातोपानी, टाँडी र त्रिवेणी भन्सार नाका रहेका छन्। २०७८ साउनदेखि पुससम्म ती नाकाबाट नेपालले १०अर्ब २८करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। निर्यात भने शून्य छ।

रक्सोल नाकाबाट कार्गो बन्द गर्न भारतको दबाब

काठमाडौं, असोज २६ । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात(निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दवाव दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै […]

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका […]

नाका आंशिक सञ्चालनमा

चीनबाट विभिन्न सामग्री बोकेर आएका कन्टेनर सोमबार सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिँदै । कोभिड–१९ संक्रमणका कारण बन्द रहेकोे नाका शनिबारबाट आंशिक सञ्चालनमा आएको हो । तस्बिर: रासस

रसुवागढी नाकाबाट आयात बढ्यो : निर्यातका लागि चिनियाँ पक्षले अझै अनुमति दिएन

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्रीको आयात बढेको छ । कोभिड–१९ सुरु भएपछि नाकाबाट थोरै सामग्रीको आयात भइरहेकोमा महामारी घटेसँगै आयात बढेको हो । अहिले दैनिक १४ वटा कन्टेनरमा सामग्री आउन थालेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । यसअघि नाकाबाट दैनिक ९ वटा कन्टेनरमा मात्रै सामग्री आयात भइरहेको थियो।  आयात बढाउन गएको बिहीवार दुई पक्षबीच सहमति भएको थियो । बैठकमा नेपाली पक्षले नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा क...

नयाँ पुल सञ्चालनमा ल्याउनु नै उत्तम विकल्प

मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगले खपत गर्ने कच्चापदार्थ आयात गर्ने मुख्य नाका जोगबनी नाका हो । यस नाकाबाट कच्चापदार्थ र तयारी वस्तु आयातसँगै नेपाली उत्पादनसमेत निर्यात हुने गरेको छ । खासगरी यस क्षेत्रका उद्योगी–व्यवसायीले भारतसहित तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै आयात गर्ने वस्तु जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने गरेको पाइन्छ । तर, जोगबनीस्थित मिरगन्ज पुलका कारण यो […]

चीनतर्फका नाका पुनः सञ्चालनमा

काठमाडौं, पुस २५। । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुनः सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार […]

रसुवागढी नाकामा ‘हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा ल्याइने

रसुवा – रसुवागढी नाकामा ‘हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा ल्याइने भएको छ । चिनियाँ सामग्रीको आयात बढाउनका लागि प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो । लामो समयदेखि आयातमा वृद्धि हुन नसक्दा नेपाली व्यापारी तथा व्यवसायीलाई समस्या हुँदै आएको छ ।  नयाँ प्रणाली सञ्चालनमा आएमा नाकाबाट आयातमा वृद्धि हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । ‘अहिले चिनियाँ टेलरले ल्याएको सामग्री नेपालीले नाकाबाट अर्को गाडीमा हालेर ल्याउन पर्ने थियो,’ उहाँले भन्नुभयो, ‘हुक ए...

देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउन माग

चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ ।   सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् । सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि...