महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व संकलन आधाले घट्यो

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो। यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा ग

सम्बन्धित सामग्री

रसुवा भन्सारः आयातबाट ४ अर्ब बढी राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनामा वार्षिक लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत राजस्व संकलन गरेको छ । ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक वर्षको छ महिनामा ४ अर्ब ३४ करोड संकलन भइसकेको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताउनुभयो । कार्यालयका अनुसार […]

रसुवागढी नाका : आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट ४ अर्ब ३३ करोडभन्दा बढी राजस्व संकलन हुँदा निर्यात शून्य भएको छ । यो साउनदेखि पुस मसान्तसम्ममा रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्यांकनबाट प्राप्त राजस्वको आँकडा हो । प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार ६ महीनाको अवधिमा ४ अर्ब ३३ करोड ४५ लाख ९ हजार संकलन भएको छ । कोभिड संक्रमणको शुरुआतपछि चिनियाँ पक्षले दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीको मितेरी पुलछेउमा सामान पुर्‍याउने गरेको छ । व्यापारी, व्यवसायी र निजी कम्पनीमार्फत आयात गरिएका सामग्रीमा लाग्ने शुल्कबापतको राजस्व असुली भएको हो । चीनतर्फ जाने निर्यात भने शून्य छ । दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुनाले बढेको छ । गतवर्षको यस अवधिमा १ अर्ब ७२ करोड २४ लाख २ हजार मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोशाक, जुत्ताचप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको भन्सार कार्यालय टिमुरेले बताएको छ । यस वर्षको वार्षिक असुली लक्ष्य भने ६ अर्ब ८१ करोड ११ लाख रहेको छ । सवारीसाधन बढी मात्रामा आयात हुन थालेसँगै राजस्वमा वृद्धि हुन थालेको हो । गतवर्षदेखि हालसम्म जुमक्रेन, टिपर, एम्बुलेन्स, माइक्रोबस, मिनीबस, जीप तथा कारसमेतका १ हजारभन्दा बढी सवारी आयात भइसकेको बताइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सामान पल्टी गर्दा क्वारेटाइनमा राखिएका कामदार मात्र मितेरी पुलमा परिचालन गरिएको छ ।    सामान पल्टी गर्ने स्थल पूरै घेरावाल लगाइ पीपीई लगाएका चालक एवं कामदारका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भन्सार कर्मचारीले मात्र प्रवेश पाउने बताइएको छ । रासस

रसुवा भन्सारले उठायो साढे तीन अर्ब राजस्व

साउन १,  रसुवा । नेपाल–चीन बीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोबारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/ ७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कुल १ अर्ब ७३ करोड १९ लाख ४७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले बताएको छ ।       आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधनसमेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ ।            विगत वर्ष २०७६/ ७७ मा भन्सार शुल्कबापतको राजस्व ८ अर्ब २७ करोड ७७ लाख रुपैयाँ असुली भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीन बीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन् ।            कोरोनाकै कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारी बीचको समन्वयबाट १५ ओटा कन्ट्रेनरलाई पुग्ने मात्र सामान आयात भइरहेको छ । शुरु - शुरुमा पाँच/ सात डिब्बा मात्र सामग्री आउने गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए।            क्वारेन्टिनमा राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले बताएको छ । निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी भन्सार कर्मचारी, सुरक्षा अङ्गसमेतका राष्ट्रसेवक कर्मचारीका साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका छन् । रासस