काठमाडौं। नेपालको व्यापारिक सम्बन्ध भएका ३४ देशमा आर्थिक वर्ष २०८०/८१ को प्रथम तीन महीनामा नेपालको निर्यात शून्य रहेको छ । यस अवस्थामा निर्यात शून्य भएका मुलुकसँग नेपालले निर्यात प्रवर्द्धनको थप विशेष रणनीति अपनाउन आवश्यक छ । यसका लागि सम्बन्धित देशमा नेपालले निर्यात गर्न सक्ने वस्तुलाई सम्बन्धित बजारमा थप प्रतिस्पर्धी बनाउन स्वदेशमा उत्पादन, उत्पादकत्व र गुणस्तर नियन्त्रण सम्बन्धी कार्य सम्पन्न गर्नुपर्ने देखिन्छ ।