काठमाडौं : एसिड पीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्ने फिल्ममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अभिनय गर्ने भएका छन्। रमित ढुंगानाले निर्देशन गर्ने डेब्यु फिल्ममा मन्त्री यादव नायकको भूमिकामा देखिन लागेका हुन् भने मुख्यमन्त्री राउतको केमियो रोल रहनेछ। फिल्म छायांकनका लागि यसै हप्ता अमेरिकाबाट नेपाल आएका ढुंगानाले मन्त्री यादवसँग छायांकन तालिबारे छलफल गरेका छन्। मन्त्री यादवले छायांकनको लागि तीन दिनको समय छुट्टाएको बुझिएको छ।