जनकपुरधाम, १ मंसिर : प्रदेश २ का निवर्तमान उद्योग, पर्यटन वनमन्त्री रामनरेश राय यादव मुख्यमन्त्री लालबाबु राउतविरुद्ध खनिएका छन् । साइकल खरिद प्रकरणमा अनियमितताको खबर सार्वजनिक भएपछि मुख्यमन्त्रीको राजीनामा माग गर्दा उल्टै आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ । मुख्यमन्त्रीलाई मन्त्री हेरफेर गर्ने अधिकार भए पनि पार्टीको निर्णयबिनै आफूलाई हटाइएको भन्दै उनले आक्रोश पोखे । […]