काठमाडौं । नवनियुक्त वनमन्त्री नारदमुनि राना गत निर्वाचनताका नै चर्चामा आएका थिए । त्यसबेला काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु देउवालाई हराएर चर्चामा आएका राना अहिले महत्वपूर्ण मानिएको वन मन्त्रालयको नेतृत्व पाएर चर्चामा छन् ।एमाले सुदूरपश्चिमका नेता समेत रहेका रानाले कमाएको चर्चा मन्त्री बनेपछि सेलाउँछ या कायमै रहला ? चुरे विनाश गर्ने सरकारी योजना आइरहेका बेला वनमन्त्री रानाले त्यसलाई कसरी लिएका होलान् ? साथै वन व्यवस्थापन अब कसरी हुन्छ ? सरकारमाथि सर्वोच्चले एकपछि अर्को दिइरहेको झड