राष्ट्र उत्थान लघुवित्तको आईपिओ बिहिबार बाँडफाँड हुने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ बिहिबार बाँडफाँड हुने भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३८.३० गुणा बढी हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ४६ हजार जना आवेदक हात खाली हुने छन् । यद्यपि यो डाटा भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।  कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ । 

सम्बन्धित सामग्री

यी ३ तरिकाबाट हेर्न सकिन्छ राष्ट्र उत्थान लघुवित्तको आईपिओ नतिजा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन्  । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । यस हिसाबमा  गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् । नतिजा प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार  बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।  कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।

राष्ट्र उत्थानको आईपिओ आज बाँडफाँड हुँदै

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आईपीओ बाँडफाँड हुँदैछ । आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । लघुवित्तले गत फागुन ४ गतेदेखि ८ गतेसम्म आईपीओ जारी गरेको थियो । आईपीओमा २६ लाख २६ हजार भन्दा बढीले आवेदन दिएका थिए । संस्थाको […]

राष्ट्र उत्थान लघुवित्तको आईपिओमा हालसम्म २३ गुणा बढीको आवेदन

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा २३ गुणा बढीको आवेदन परेको छ । आज बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १५ लाख ८४ हजार ९ सय ५९ आवेदकले १ करोड ८६ लाख ८१ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको हो ।  यो माग गरिए भन्दा १३.५१ गुणा बढी हो । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो ।  कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ लाख ९४ हजार ५०० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सक्नेछन।  माग भन्दा बढी आबेदन पर्ने भएकाले न्युनतम १० कित्ताको लागि आबेदन दिनु नै हितकार हुने देखिन्छ।  आईपिओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३६ जिल्लामा रहेका ८८ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।यो पनि : राष्ट्र उत्थान लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ८ करोड नाफा प्रक्षेपण, ५०० प्लसमा पहिलो कारोबार

एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो । बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । कसको कति ? ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।

धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई दियो हकप्रद निष्काशन अनुमति

नेपाल धितोपत्र बोर्डले २ वटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले आईएमई जनरल इन्स्योरेन्स IME General Insurance र शिखर इन्स्योरेन्स  Shikhar Insurance Company Limited लाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय गरेको हो   ।बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशनको अनुमति दिएको बोर्ड स्रोतले जनाएको छ । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । जस अनुसार आईएमई जनरल इन्स्योरेन्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो  । अब कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।त्यस्तै शिखर इन्स्योरेन्सले जेठ २५ गते बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।  बोर्डबाट अनुमति पाएसंगै कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने  छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  बुधबारको बोर्ड बैठकले बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति दिने निर्णय पनि गरेको छ।

एकसाथ ५ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पौडेलको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले आईपिओ निष्काशनको लागि ५ कम्पनीलाई अनुमति दिने निर्णय भएको बिजपाटीलाई बताए । उनका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरिएको हो ।यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् । त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।सर्वोत्तम शेयरको प्रकरण बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेदेखि नै आईपिओ अनुमति दिने प्रक्रिया रोकिएको थियो। हाल सरकारले ढुंगानालाई बर्खास्त गरि नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया थालेको छ ।

आईपिओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको साधारणसभा आह्वान

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १५ गते काभ्रेको साँगा स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आर्थिक वर्ष ७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब लगायतका सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत अन्य उपयुक्त स्नास्थासँग गाभ्ने, गाभिने, प्राप्ति गर्ने लगायतका कार्यको लागि आवश्यक निर्णय र कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा कुनै लघुवित्तको संस्था खरीद गर्नु परे वा अफ्नो शाखा बिक्रि गर्नु परे त्यस समबन्धि  निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले यस अघि नै आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने  प्रभु क्यापिटललाई अन्डरराइटर नियुक्त गरेको छ।राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ  । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २६ करोड पुग्ने छ  । लघुवित्तमा नेपाल ग्रामिण विकास संस्था, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको समेत लगानी छ  ।