राष्ट्र उत्थान लघुवित्तको आईपिओ आज बाँडफाँड हुदै, ७९ हजार ४५० जनाले मात्र शेयर पाउने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँड हुदै छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।कम्पनीको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिन गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा ३८.३० गुणा बढी हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ४६ हजार जना आवेदक हात खाली हुने छन् । यद्यपि यो डाटा भेरिफाई हुनु अगाडीको डाटा रहेकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।  कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ । 

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीवार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई गल्ती नदोहोर्‍याउन सचेत गराउँदै शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरणसम्बन्धी निणर्य १९ गते बिहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्थाअनुसार शेयर मूल्य प्रभावित हुने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले प्रष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले नेप्सेसमक्ष सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमा जानकारी गराउन नसकिएको त्रुटिसहित क्षमा याचना गरेको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

राष्ट्र उत्थान लघुवित्त  र इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ र इमर्जिङ्ग नेपालको रू. ६९१ दशमलव ६० पुगेको हो ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । इमर्जिङ्ग नेपालको शेयरमा मार्केट डेप्थमा हेर्दा सबैभन्दा बढी ४ लाख ४६ हजार ८९४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । त्यसैगरी नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमा १ लाख ३३ हजार ८२४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता

राष्ट्र उत्थान लघुवित्तको आइपिओ बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने स

खुल्यो राष्ट्र उत्थान लघुवित्तको आईपी‌ओ, आवेदन कति दिने ?

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई […]

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...

बुधबारदेखि लघुवित्तको आईपीओ खुल्ने

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी ४ फागुनदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कूल निष्कासनको […]

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड) को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित