राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा २३ गुणा बढीको आवेदन परेको छ । आज बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १५ लाख ८४ हजार ९ सय ५९ आवेदकले १ करोड ८६ लाख ८१ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिए भन्दा १३.५१ गुणा बढी हो । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो। ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ लाख ९४ हजार ५०० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन्। सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुकले न्युनतम १० र बढीमा १००० कित्ताको लागि आबेदन दिन सक्नेछन। माग भन्दा बढी आबेदन पर्ने भएकाले न्युनतम १० कित्ताको लागि आबेदन दिनु नै हितकार हुने देखिन्छ। आईपिओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३६ जिल्लामा रहेका ८८ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ ।यो पनि : राष्ट्र उत्थान लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ८ करोड नाफा प्रक्षेपण, ५०० प्लसमा पहिलो कारोबार