राष्ट्र उत्थान लघुवित्तले भन्यो 'आगामी वर्ष ५० प्रतिशत बढी लाभांश दिन सक्ने अवस्था बनाएका छौ'

आजबाट आईपिओ बिक्रि खुला गरेको राष्ट्र उत्थान लघुवित्तले  आ.ब.२०७८÷०७९ को दोस्रो त्रैमाससम्ममा गत आ.ब.को. सोही  अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ । यस अवधिमा खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, र खुद व्याज आम्दानीमा ५७ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यस अवधिमा खराब कर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराब कर्जा १.०३ प्रतिशतमा सिमित राख्न संस्था सफल भएको छ ।   वित्तीय संस्थाले हालसम्मको संचित मूनाफा र चालु आ.ब.को बांकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी बर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस सजिलै बाड्न सक्ने अवस्था बनको जनाएको छ।  वित्तीय संस्थाको आ.ब.०७८÷०७९ मा खुद मुनाफा करिब रु. ८ करोड ५ लाख, आ.ब. ०७९÷०८० मा रु. १९ करोड ७३ लाख र आ.ब. ०८०÷०८१ मा रु २७ करोड ५ लाख हुने र सोहि अवधिमा प्रतिशेयर आम्दानी क्रमशः रु. ३०.९८, रु. ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुंदा ढुक्क भएर आईपिओमा लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।कम्पनीले भनेको छ 'राष्ट्र उत्थान लधुवित्त वित्तीय संस्था लि. को सबैभन्दा सबल पक्ष भनेको यस्मा बंगलादेशको विश्वविख्यात ग्रामीण बैंकको प्राबिधिक सहयोग र ऋण लगानीमा खडा भएको नेपालको पहिलो लघुवित्त गै.स.स. नेपाल ग्रामीण विकास संंस्था, सबैभन्दा ठूलो राज्यको वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंक तथा निजी क्षेत्रको एक अग्रणि वाणिज्य बैंक प्रभु बैंकको ६७ प्रतिशत ईक्विटी लगानी रहनु हो ।' यो पनि : राष्ट्र उत्थान लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ८ करोड नाफा प्रक्षेपण, ५०० प्लसमा पहिलो कारोबार