यी ३ तरिकाबाट हेर्न सकिन्छ राष्ट्र उत्थान लघुवित्तको आईपिओ नतिजा

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन गरेको आईपिओ आज बिहिबार बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहिबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । जस मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको र उनीहरुले कुल १ करोड ९४ लाख ६७ हजार २ सय १० कित्ताको लागि आवेदन दिएका छन्  । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ  । यस हिसाबमा  गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाएक छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख ५ हजार ८ सय ११ जना आवेदक हात खाली भएका छन् । नतिजा प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार  बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ  ।राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।  ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।  कम्पनी परिचयराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड २०७५÷०६÷१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५÷१०÷१६ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी  मिति २०७५÷११÷८ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो । हाल यस कम्पनीको ३९ जिल्लामा रहेका ९५ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ  । वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १३ साँगामा रहेको छ । लघुवित्त संस्था हुनुपूर्व यस संस्थाले नेपाल ग्रामीण विकास संस्थाको नामबाट  लघुवित्त सम्बन्धी सेवा सञ्चालन गरिराखेको थियो ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी  छब्बिस करोड रहेको छ। कम्पनीको हाल चुक्ता पूँजी सत्र करोड पचास लाख रुपैया रहेको छ । सर्वसाधारणलाई आठ करोड पचास लाख रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी   छब्बिस करोड हुनेछ र संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व क्रमश ६७.३१ प्रतिशत र ३२.६९ प्रतिशत हुने छ  ।संस्थापक÷सञ्चालक विवरणकम्पनीको आधारभुत शेयरधनीहरुमा नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड रहेका छन् । यी संस्थासंग कम्पनीको क्रमश ७ लाख ५० हजार, ५ लाख ५० हजार र ३ लाख कित्ता शेयर रहेको छ । 

सम्बन्धित सामग्री

आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने

३० चैत, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । २९ चैत बुधबार साँझ आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । दुई […]

राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९६ दशमलव ५० र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २७७ दशमलव ३० कायम भएको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

राष्ट्र उत्थान लघुवित्त  र इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ र इमर्जिङ्ग नेपालको रू. ६९१ दशमलव ६० पुगेको हो ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । इमर्जिङ्ग नेपालको शेयरमा मार्केट डेप्थमा हेर्दा सबैभन्दा बढी ४ लाख ४६ हजार ८९४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । त्यसैगरी नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमा १ लाख ३३ हजार ८२४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता नेप्सेमा सूचीकृत

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने गरी नेप्सेमा सूचीकृत भएको हो ।नेप्सेले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई ‘आरयूएलबी’ कारोबार संकेत दिएको छ । यस्तै, कम्पनीको सेयरले सुरुवाती कारोबार मूल्य न्यूनतम १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ पाएको छ । यसको अर्थ, कम्पनीको पहिलो कारोबार यही न्यूनतम र अधिकतम मूल्यसूची भित्र रहेर आइतबारदेखि कारोबार हुने छ ।१७ लाख ५० हजार कित्ता

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।  आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।  माग भन्दा बढीको आवेदन परेकोले...

राष्ट्र उत्थान लघुवित्तको साधारण शेयर बिक्री खुला

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ...

आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

काठमाडौँ – काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले आव २०७८/०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ। संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ […]

आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड) को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित

राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले ८ लाख ५० हजारकित्ता सेयर […]