राष्ट्र उत्थानको आईपिओ आज बाँडफाँड हुँदै

काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आईपीओ बाँडफाँड हुँदैछ । आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । लघुवित्तले गत फागुन ४ गतेदेखि ८ गतेसम्म आईपीओ जारी गरेको थियो । आईपीओमा २६ लाख २६ हजार भन्दा बढीले आवेदन दिएका थिए । संस्थाको […]

सम्बन्धित सामग्री

श्रृजनशील लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदै

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज भदौ २७ गते सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार ४ सय ७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६ सय ९० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने ब्यबस्था थियो । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  नेपाल धितोपत्र बोर्डले साउन १८ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त गरेको यस कम्पनीको रजिष्ट्रर्ड कार्यालय गोलबजार ७, चोरहवा, सिराहामा रहेको छ ।

खप्तड लघुवित्तको आईपिओ आज बाँडफाँड हुँदै

खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले सोमबार बिहान १० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।   कम्पनीले शेयर निष्काशन गर्दै बैशाख ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १० गते शेयर निष्काशनको लागि अनुमति दिएको हो।   खप्तडको अधिकृत पूँजी र१० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

मेरोशेयरसहित सिडीएसको सम्पूर्ण सेवा अवरुद्द हुँदै, के के गर्न मिल्दैन ?

आज साँझबाट सिडीएस एण्ड क्लियारिङ (सिडीएससी) को सम्पूर्ण सेवाहरु अवरुद्द हुने भएको छ । सिडीएससीले सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण (Rack Migration) गर्नु पर्ने भएकोले सेवाहरु अवरुद्द हुने जनाएको हो ।सिडीएससीका अनुसार आज भदौ २ साँझ ५.३० देखि अधिकतम एक दिन सम्म सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सम्पूर्ण सेवा हरू अवरुद्ध हुने छ। उक्त समयमा लगानीकर्ताले आईपिओ तथा हकप्रदमा आवेदन दिन, शेयर ट्रान्सफर गर्न , पोर्टफोलियो हेर्न तथा सिडीएससीले सञ्चालन गरेका मेरोशेयर, सीआश्वा, Web CDAS, CNS लगायतका सेवा प्रयोग गर्न पाउने छैनन् ।

मन्दाकीनी हाइड्रोपावरको आईपिओ आज बाँडफाँड हुँदै

मन्दाकीनी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार दिउँसो बाँडफांड हुँदै छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलबार दिउँसो ४ बजे क्यापिटल कै कार्यलयमा नक्सालमा शेयर बाँडफांड गर्न लागेको हो ।क्यापिटलले साउन ९ गतेदेखि  साउन १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५८ हजार ८ सय ३ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने २३ हजार ५ सय २१ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ९३ हजार ७ सय ४९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।  कम्पनीले यस अघि नै कास्की  जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मङ्सिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।