एकसाथ ५ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ५ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले ५ वटा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिने निर्णय गरेको हो । बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षता बसेको संचालक समितिको बैठकले आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्ड अध्यक्ष नहुँदा सदस्यहरु मध्ये एक जनाले बोर्ड बैठकको अध्यक्षता गर्ने ब्यबस्था अनुसार अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गरेका पौडेलले नै हाल बोर्ड बैठकको अध्यक्षता गर्दै आएका छन् । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पौडेलको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले आईपिओ निष्काशनको लागि ५ कम्पनीलाई अनुमति दिने निर्णय भएको बिजपाटीलाई बताए । उनका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरिएको हो ।यस संगै अब बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् । त्यस्तै जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छन् ।सर्वोत्तम शेयरको प्रकरण बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेदेखि नै आईपिओ अनुमति दिने प्रक्रिया रोकिएको थियो। हाल सरकारले ढुंगानालाई बर्खास्त गरि नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया थालेको छ ।

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले  आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । त्यस्तै  खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले  सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ  । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

रावा इनर्जी र अपर स्याङ्गेले मागे आईपिओ निष्काशन अनुमति

थप २ हाइड्रोले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । त्यस्तै अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।

श्वेतगंगा हाइड्रोले स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड, कसले कति पाए ?

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो।कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म रामेछाप र ओखलढुंगाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख ९३ हजार कित्ता शेयर निष्काशन गरेको थियो। योजना प्रभावितलाई अति प्रभावित, कम प्रभावित र प्रभावित गरि ३ वर्ग कायम गरिएको थियो ।जस अनुसार अति प्रभाविततर्फका लगानीकर्ताले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् । अति प्रभाविततर्फ १० कित्तादेखि २२० कित्तासम्मको लागि आवेदन दिने ४ हजार ४ सय ६२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै २१० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने २ हजार ९ सय ९६ जनाले समान रुपमा २०० कित्ता शेयर पाएका छन् । समान रुपमा २०० कित्ता शेयर पाएका २ हजार ९ सय ९६ जना मध्ये २ हजार ७ सय ४८ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै कम प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम प्रभाविततर्फ १० कित्तादेखि ४० कित्तासम्मको लागि आवेदन दिने १३२ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ५० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने १ हजार ८ सय ४ जनाले समान रुपमा ४० कित्ता शेयर पाएका छन् । समान रुपमा ४० कित्ता शेयर पाएका १ हजार ८ सय ४ जना मध्ये ४ सय ६० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । त्यस्तै प्रभाविततर्फका लगानीकर्ताले अधिकतम ६० कित्तासम्म शेयर पाएका छन् । प्रभाविततर्फ १० कित्तादेखि ५० कित्तासम्मको लागि आवेदन दिने ३ हजार ८ जनाले माग गरे अनुसार कै शेयर पाएका छन् । त्यस्तै ६० कित्तादेखि ५२ सय कित्तासम्मको लागि आवेदन दिने ४ हजार ८ सय जनाले समान रुपमा ५० कित्ता शेयर पाएका छन् । समान रुपमा ५० कित्ता शेयर पाएका ४ हजार ८ सय जना मध्ये ३ हजार ३ सय ८५ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । आईपिओको नतिजा प्रकाशन भएपछि सानिमा क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ । कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को बड़ा नं २,३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. ४, ५, ६,७ र ९ लाई जम्मा निष्काशन गरिने शेयरको ७० प्रतिशतले हुने अर्थात ११ लाख १५ हजार १०० कित्ता छुट्याईएको थियो । यो अति प्रभावित क्षेत्र हो । त्यस्तै आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को बड़ा नं. ५,६ र ७ र मन्थली न.पा.को बडा नं. ११, १२ र १३ तथा रामेछाप न.पा.को बडा नं. १ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको २५ प्रतिशतले हुने अर्थात ३ लाख ९८ हजार २५० कित्ता छुट्याईएको थियो । यो प्रभावित क्षेत्र हो । त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १,२ र ३ लाई जम्मा निष्काशन गरिने शेयरको ५ प्रतिशतले हुने अथांत ७९ हजार ६५० कित्ता शेयर छुट्याईएको थियो । यो कम प्रभावित क्षेत्र हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ १० गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशन गरेपछि सर्वसाधारण तथा कर्मचारीलाई यी शेयर जारी गर्ने छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

थप २ कम्पनीले पाए आईपिओ निष्काशन अनुमति , कुनको कति ?

थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । सयपत्री हाइड्रोपावर लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडले बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएका हुन्। बोर्डले सयपत्रीलाई जेठ १८ मा र मन्दाकिनीलाई जेठ १९ मा अनुमति दिएको हो ।अनुमति पाएसंगै अब सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।त्यस्तै मन्दाकीनी हाइड्रोले आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम  १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्ने छ । कम्पनीले  बि.ओ.के.क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो  । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि ३ वर्षदेखि विद्युत गरिरहेको छ ।

एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो । बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । कसको कति ? ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।

५ जीवन बीमा कम्पनीको ४ अर्बको आईपिओ आउँदै, कुनको कति ?

संचालनमा रहेका नयाँ जीवन बीमा कम्पनीहरु झन्डै ४ अर्ब  रुपैयाँको आइपीओ निष्काशन प्रक्रियामा रहेका छन् । पछिल्लो समय एक साथ लाईसेन्स पाएका १० वटा नयाँ जीवन बीमा कम्पनी मध्ये ५ वटा कम्पनीले ३ अर्ब ८२ करोड बराबरको आइपिओ निष्काशन गर्ने तयारी गरेका हुन् । ५ वटा कम्पनीले भने आईपिओ निष्काशन गरिसकेका छन् ।हाल सबैभन्दा धेरै एक अर्ब ७५ करोड रूपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपैयाँ पुग्नेछ । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रूपैयाँ पुग्नेछ । कम्पनीले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।त्यस्तै रिलायबल नेपाल इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ मा आईपिओ निष्काशनको प्रस्ताव गरेको हो । यसो हुँदा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छ । त्यस्तै सन नेपाल लाइफले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने घोषणा गरिसकेको छ । यद्यपि कम्पनीले बोर्डमा आवेदन भने दिईसकेको छैन । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने छ । महालक्ष्मी लाइफले पनि ६० लाख कित्ता नै आईपिओ निष्काशन गर्ने छ । यस कम्पनीले पनि बोर्डमा आवेदन दिएको छैन । आईपिओ निष्काशनपछि यी दुवै कम्पनीको चुक्ता पुंजी २ अर्ब पुग्ने छ । बोर्डमा आवेदन नदिएका कम्पनीले पनि प्रिमियममा आईपिओ निष्काशन गर्ने सम्भावना छ । यसो हुँदा निष्काशन हुने आईपिओ रकम बढ्ने छ, तर प्रिमियम थपेर निष्काशन हुने भएकोले कित्ता संख्या भने समान नै रहने छ । ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स,  रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले भने आईपिओ निष्काशन गरिसकेका छन् । ज्योतिले ६६ करोड बराबरको , युनियनले ६४ करोड ५० लाख बराबरको, प्रभुले ६० करोड बराबरको, रिलायन्सले ६३ करोड बराबरको र सानिमा लाइफले ६० करोड बराबरको आईपिओ निष्काशन गरेको हो । हेर्नुस आईपिओ निष्काशन गरिसकेका र गर्न बाँकि रहेका जीवन बीमा कम्पनीहरुको विवरण :